हार्दिक स्रद्धा-सुमन I

यो संसार बिचित्रको छ मानिसले कहिलै बुज्न नसक्ने यो संसारिक नियम अनौठो झैँ लाग्छ प्राय हेर्दा मानिसले प्रकृतिलाई बसमा लिएझै पनि लाग्छ तर कहिलेकाही यस्तो पनि लाग्छ मानिसको जीवन केहि रहेनछ बस पानीमा उठेको पानि फोका जस्तै लाग्छ जिन्दगि पलभरमै मेटिएर जाने|आज हामीलाई त्यस्तै लागेको छ.

एउटा दुखत समाचारले आज यो पराइ भूमिमा हजारौ नेपाली मन दुखेको छ स्तब्ध बनेकोछ| जीवन संघर्सको यात्रामा रहेकी नेपाली चेली शान्ता अधिकारी सुनौलो भबिस्यको सपना बुनेर यो इस्राएलको पराइ भूमिमा मेहनतका थोपा बगाउदै थिन तर अचानक उनको आत्मा हत्याको दुखत खबरले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ यो घटनाको वास्तबिक कुरा अझै बाहिर आइसकेको छैन .

आखिर के हो जिवान ? यदि आत्मा हत्यनै हो भने यति कठोर निर्णय उनले किन लिन के कारण थियो ? यो कठोर पाइला चाल्ने उनीमा खोजीको बिसय बनेको छ यस्ता संकास्पद घटना छानविन हुनु जरुरि छ . जसले गर्दा अरु कुनै नेपाली यो नियति भोग्नु नपरोस . कहिले कहिँ यस्ता घटनाहरु नियोजित पनि हुनसक्छन अनि उनको पाउन पर्ने सम्पूर्ण हरहिसाब उनले पाउन जसले गर्दा आफ्नी प्यारी आमा गुमाएका ति टुहुरा बालबच्चालाई राहत मिलोस ति अबोध बच्चाहरुको भबिस्य अब अन्धकारझैँ भएको छ जेजति पाउनछ त्यो सबै बालबच्चाले पाउन यसकुरामा सबैको ध्यान पुगोस.

यति कठोर निर्णय उनले नलिनु पर्ने थियो दैबको लिला बुजेर बुजी नसक्नु रहेछ| मृत आत्माको चिर शान्तिको कामना गर्दछौ साथै शोक सन्तब्ध परिवालाई श्रीपशुपति नाथले यो दुखत घडीमा धर्यधारण गर्ने शक्ति प्रधान गरुन . ***हार्दिक श्रादान्जली*** 


एक्सन युथ क्लब इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com