बुटिकको क्रेज I

नेपाली फेसन जगत्मा तरुनिकाज क्रियसनको पृथक् पहिचान छ । विगत १३ वर्षदेखि संचालनमा रहेको यो बुटिकको क्रेजमा कुनै कमी आएको छैन । सिर्जनात्मक काममा आफूलाई अपटुडेट राख्ने संचालिका तरुनिका सधैं नयाँ-नयाँ डिजाइन बनाउने प्रयासमा हुन्छिन् ।

तरुनिकाजमा सुरुवाती दिनहरूमा कामकाजी महिलाहरूका लागि पाइन्ट-सर्ट, विवाहका लागि साडी-चोलोका साथै विज्ञापन र फेसन शोहरूका विशेष पहिरन तयार गरिन्थ्यो । तरुनिकाजले चलचित्रका लागि पनि डिजाइन गर्न थालिन् । आज कुपन्डोलमा आफ्नो छुट्टै पहिचान बनाइसकेको तरुनिकाज क्रियसन साडी, कुर्ता, सेमी र्फमल, ब्राइडल वेयर तथा लेहेंगाका लागि ग्राहकहरूले रुचाइएको सदाबहार बुटिक हो ।

यहाँ विदेशमा बस्नेहरूले पनि उत्तिकै अर्डर पठाउँछन् । तरुनिकाज क्रियसनमा ३ हजारदेखि माथि अर्डर र डिजाइनअनुसारका साडी तयार पारिन्छ । यहाँ सिफन, क्रेप, जर्जेट, टिस्यु र नेटका साडी बढी डिजाइन गरिन्छ । तरुनिकाज कलेक्सनले ५५-६० वटा चलचित्रका लागि पहिरन डिजाइन गरिसकेको छ भने ४० भन्दा बढी फेसन शोमा भाग लिइसकेको छ । नारी:

तरुनिकाज ग्राहकको सन्तुष्टिका लागि सधैं तत्पर छ । यहाँ ग्राहकको स्किन कलर, हाइट तथा काम हेरेर सल्लाह-सुझाव दिइन्छ । यहाँ हरेक सिजनलाई फोकस गरी आवश्यकताअनुसार रंग तथा फेबि्रक प्रयोग गरी पहिरन तयार पारिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com