गज़ल I

हिमालको देश मेरो सुन्दर ति गाऊहरु |
प्रकृतिले सजिएका हराभरा पाखाहरु ||

बर्षा याम उर्ले होलान खहरे ति खोलाहरु|
मेला पात गर्दै होलान सबै मेरा साथीहरु ||

आमा मेरी जादै होलिन आज पनि रोपाइमा |
मन मात्र दुखिरहन्छ बिरानो यो प्रदेशमा ||

गैरी खेत धितो राखी सुख खोज्ने रहरमा |
महलको आशा गरि पसेको थे सहरमा ||

साहसी हुन् आमा मेरी साठी वर्ष हुदा पनि |
मेरो आश गर्दिनन् है सहरको बाश भनि ||


संघर्स त गर्नै पर्छ भाग्य आफ्नै भोगेपनि |
हासी खुसि हिड्नै पर्छ बाधा अड्चन आएपनि ||

सुरेश बोहोरा (गुल्मी )
तुराङ ८ झुर्म गुल्मी
हाल: दोहा, कतार

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com