जीवनमा भूल हुदा-गज़ल I

समालेर राख यौवन मात लाग्न सक्छ |
भुल भए दु:खै दु:ख खात लाग्न सक्छ ||

खुबै चर्चा गर्छन तिम्रा पधेंरामा भाउजूहरू |
आजभोलि भुइँटेक्न छाडे भन्छन खुट्टाहरु ||

छ भनेर शक्ति आज समाजलाई बिर्सी हिन्दा |
नमेटिने दाग लाग्ला घमण्डले कुर्ली हिन्दा ||

फ्याक्नु हुन्न झुटो जाल सत्य कतै लुक्ला भनि |
खुसि संगै लुटिएला अमुल्य यो जीवन पनि ||

नतिजामा ध्यान दिनु दुइटा डुङ्गा चढ्दा खेरि |
सम्हालिन गारो पर्ला सत्य सामु आउदा खेरि ||

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल सधै |
मिलेसम्म सिक्नु पर्छ अशल कुरा कहिँ कतै ||

सुरेश बोहोरा - गुल्मी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com