नबराज आचार्य : - खोटांग जिल्लाको बाबल प्रा बि बाट प्रारम्बिक सिक्छा क ख ग सिक्दै ,६ कक्षा बाट श्री चिसापानी मा.वि. बाट २०५१ साल मा एस ल सी सके पछि आफ्नो भविष्य निर्माण गर्न भौतारिंदै, संघर्ष गर्दै र सुन्दर सपना सपना बोकी, गास बास र कपास को लागि दरिलो आड खोज्दै थुप्रै संघर्षका कुंतो हरु सँग पौठे जोरी खेल्दै आज म इज़रायाल भूमीमा कर्म गर्दै छु .
यसै सिल-सिलसिलामा एक-दिन रबिन्द्र मिश्र द्वारा लिखित पुस्तक "खान पुगोस दिन पुगोस" पढ्ने अवसर पाए. त्यो उर्जाजनक सुन्दर पुस्तक अध्यन पश्चात मलाइ पनि केहि गरौँ लाग्यो र आफ्नो मातृ भुमी, जन्म स्थल जहाँ म जन्मे, खेले, हुर्के, बढे र पढे त्यस ठाउँको लागि मैले त्यो रबिन्द्र मिश्र द्वारा लिखित "खान पुगोस दिन पुगोस" पुस्तक दिने निधो गरे , जुन पुस्तक पढेर त्यहाँका थुप्रै बिध्यार्थीहरुले र साथै अरुले पनि लाभ लिन सक्ने छन र सबै भन्दा महत्वपूर्ण कुरा त यस पुस्तक बाट धेरै लाइ आफ्नो मातृभूमी प्रति केहि गर्नु पर्छ भन्ने प्रेरणा जगाउँद छ .
तसर्थ मैले आफुले अध्यन गरेको बिद्यालय वा भनौं जुन मन्दिर बाट मैले शिक्षाको ज्योति पाए त्यस बिद्यालय र अरु नजिकका ४- वटा गरि जम्मा ५-वटा बिद्यालय लाइ पनि यो "खान पुगोस दिन पुगोस" पुस्तक नि: शुल्क उपलब्ध गराई आफ्नो जन्म थलोलाई सानो सेवा गर्न चाहे : र साथै त्यहाँ पायक ठाउँमा बस्नु हुने सम्पूर्ण दाजु, भाइ तथा दिदी बहिनीहरुमा पनि यो पुस्तक पढन आग्रह गर्दछु......!!
५ वटा मा बि को नाम यसप्रकार छन् :
१ श्री चिसापानी उच्च मा बि चिसापानी खोटांग २० वटा
२ श्री बालकन्या उच्च मा बि धुर्तुंग ,खोटाङ् १५ वटा
३ श्री भादगाउँ सिनुवारी उच्च मा बि झुम्का ,सुनसरी २० वटा
४ श्री जनसेवा मा बि रमाइलो गाउँ मोरंग ,२०
५ श्री पर्मबिर मा बि पर्मबिर मोरंग ,१५ वटा
र बाँकी रहेका १० पुस्तक मैले साथी हरुलाई दिने विचार गरको छु :
"सबैलाई खान पुगोस दिन पुगोस "