गज़ल I



आयो आँशु आँखाबाट कुन्नि के के हुन आयो!
सायद तिम्रा यादहरू समेटेर धुन आयो!

यी आँखाका सामुन्नेमा जोडी ढुकुर रमाउँदैछन्!
आहा !कति मिठो प्रिती देखेर लौ रून आयो!

आकाश चिरा बनाएर तिमी बस्या जहाज उड्यो!
चुँडियो की मुटु जस्तो आफ्नै छाती छुन आयो!

चुमेर यो तिम्रो तस्वीर जसै दिलमा लगाएँथें!
तरंगियो सारा शरीर बाँसुरीको धून आयो!

अँध्यारोमा ताराहरू खस्थे अनि बिलाउँथे !
अहो !हेर आकाशमा एउटा खुर्पे जून आयो!

मीरा थापा
माइधार /झापा
हाल इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com