बाबाको चिठ्ठी छोराहरुलाई

मेरा मुटुका टुक्राहरु
असीम प्रेमका भाबहरू

बाबुहरु हो आज तिमीहरूले जीवनको सुरुवातको संघर्षमा होमिदैछौ /तिमीहरूले धेरै चुनौती पार गर्नुपर्नेछ / आज आमाको आशीर्बाद पुगेको छ /सफलता भन्नु नै मेहनतको कसी हो / तिमीहरुलाइ छोडेको पनि धेरै भयो / जे होस तिमीले आफ्नो परिचय बनाउनुपर्छ .

 जीवनका असीम चुनौतीले प्रगतिको बाटो र गंतब्य देखाओस .  हेर तिमीहरु दुई´दाईभाईलाइ मैले कहिल्यै फरक देख्ने दुष्कर्म आउनेछैन , भनुं भने तिमी मेरा समान आखांका दुई नानी हौ / लोकले तिमीलाई हाम्रो नामबाट होइन तिमीहरुको नामबाट हामी चिनिन चाहन्छौं , हामीले भोगेको संघर्षको कथा त थाहा नै छ / कुरु क्षेत्र नबनोस बाबू हो तिमीहरुको जीवनमा जीवन एक सुन्दर बनोस जहा सबैले तिमीहरुको राम्रो चर्चा गरेको सुन्न चाहन्छौं / तिमीहरुलाई भोलि थाहा लाग्ने छ संघर्षका असीम पल कति तीता र वास्ताबिक हुन्छन् ? हामीले तिमीहरुको निमित्त सारा जीवन अर्पेर हुर्कायौं / आज तिमीहरु किशोर भै सकेकाछौ / भरोसा अब तिमीहरुमा राखेकाछौं .

चेतन र चिंतनबाबू हो तिमीहरुका सफलताको कामना गर्नेहरुका लागी हामीले पनि साधुबाद दिनै पर्छ / सहारा होइन संघर्षको बाटो सदैब खोज्नु पर्छ डर्बिनले जे भने त्यों कुरा तिमीहरूले कदापि भुल्नु हुदैन जो आफ्नो प्रगति चाहन्छ उसले संघर्षशील हुनैपर्छ / यो स्वार्थीसंसारको बिष एक अर्को लाइ कदापि नलागोस ल , तिमीहरु लव कुश जस्तै सदैब एक अर्काको राम्रो प्रगतिको कामना गर्न भुल्ने छैनौ / हामीले अहिले धेरैकुरामा पछाडी छौं हेर देशको हालत ? त्यो देशका तिमी होनहार भविष्यका कर्णधार अफसोच , तिमीहरुको साथमा हुन् नपाउनु को वास्तविक कारण पनि यहि हो .

नेपालीको प्रतिनिधि तिमी पनि हौ भोलि तिमीहरुले पनि आफ्नो योगदान र पर्यो भने बलिदान पनि दिनु पर्ने हुन्छ यदि देशमा शहिदको रगतले नेपालको प्रगति र बिकाश हुन्छ भने देशको लागि मर्न पनि नडराउनु तिमीलाई थाहा छ सुपुत्र सन्तानको बलिदानले मानब कल्याण हुन्छ भने जीवनको अमुल्य सार पनि त्यहि हो
बाबु हो तिमीहरु किशोर छौ तिमीहरुले बिस्तारै समाजका काला किरा र देशका बिषालु किराले सन्तान र सन्तानका अभिभाबकलाइ डसीरहेका देख्नेछौ / तिमीहरु जस्ता नाबालकको रगत पिएका रक्त पिपासुको अन्त्य नभए सम्म देशको अबस्था सुधार हुने छैन.

बाबु हो जीवनको गति कसैले बुझ्न सक्दैन समयको गतिसंगै यो अनुभब गर्दै जाने बिषय हो / दर्शन भन्नु नै यथार्थमा पुग्नु हो ,जुन तितो बिषय सार हो ज्ञान र अनुभवको सिक्रीमा बाधिएको हुन्छ / आज तिमीहरुले जो मानिसलाई नजिकबाट देखेका थियौ उसको बिबेकलाई राम्रो गरि नियाल्नु पर्छ आफंतिको ब्यबहारलाइ तिमीहरुले देखेकै छौ गोहीआशुको कथासंग मिल्न पनि सक्छ / जीवनमा पलपल होशियार हुनु पर्छ जब तिमीहरुले आफ्नो नयाँ जीवनको सुरुवात गर्नेछौ त्यो बेला आगोको ज्वालामा पुग्नेछौ तर तिमीले बिचलित् हुनुहुन्न / मानबिय जीवनको यो सहयात्रा सदैव बिस्वासको माध्यममा चल्नुपर्छ .

चिन्तन तिमीले अझै धेरै कुराको सुधार गर्नु पर्ने छ चेतनको बारेमा पनि उस्तै भन्नु पर्छ तिमीहरुको जीवनको बाल्यकाल कहिले कता त् कहिले कता बित्यो जे बित्यो जीवन संघर्षको एक थालनी पनि थियो / हर रात दिन तिमीहरुको सम्झनाले मनको गहिराइमा कति दर्द दिन्छ म कसरी व्यक्त गरूँ? दशरथको पुत्र मोहको रापले कति दुखित थिए जब राम लक्ष्मन् आफ्नो भूमिलाई त्याग्छन हो उस्तै हुदो रहेछ आज तिमीहरुको अभावमा छट्पटिएकोछु .

हो, बाबुहरु हो जीवनका अरुकुराहरु पनि तिमीहरुलाई लेख्दै गरुला – तिमीहरु नै देशको लागि हुनु पर्छ चाहे बलिदान किन दिन नपरोस ? हो बाबु हो आज देशका कपुतले ४/ ४ बर्ष सम्म कुम्बकर्ण बनेर कुनै काम गरेनन/ तिमी र तिम्रा सारा समकालीन पिढीमा यो कुरा जावोस कि अब आइन्दा कदापि यस्तो नहोस . देशको अबनतिको बिषय दलगत स्वार्थमा नपुगोस /´´ हामी नेपाली हाम्रो नेपाल , सुन्दरताले भरिएको कमाल ´´ जसले मुक्तिको संदेश मात्र होइन बिकाश र प्रगतिको गन्तब्यमा निरन्तर लाग्नुपर्छ.

नेपाल आमाको सुपुत्र सन्तानको अनुपम उपमा बनेको देख्न पाउँ :

तिम्रो उही बाबा
चिन्तामणि ´´देशप्रेमी ´´
दिनांक २०१२

यो साहित्यिक कुरा मात्र हो कोहि कसैसंग सरोकार राख्ने छैन लेखक :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com