लेखक र खलनायिका-कथा I

´´आखिर तिमी को हौ किशोरी ? कसरी मेरो यो झुपडिमा? अनि को हो हुन ती युवकहरु ?´´ तपाईको पुस्तकले हाम्रोजीवन नै बेहाल बनायो त्यसैले हामीले सारा पुस्तक लिन लागिआएको हो ,यी मेरा सहयोगी भाईहरु हुन यदि दिनु भएन भने हामीले शक्ति प्रयोग गर्न नपरोस ´´मतलव ? के त्यों पुस्तकले नानीलाइ´कस्तो समस्या पार्यो त नानी ?´´

´´ बुझ्नुहुन्छ ? ,तपाईको पुस्तकको बाहिरी आबरणको तस्बीर र भित्री नारी पात्रको कथा प्रसंग हु बहु मिल्न गयेकोले हामीले यो कदम अगाडी ल्यायेकाहौं ´´ ´´यो त मेरो आफ्नो नितांत निजी सृजना हो यो त सार्बजानिक भै सकेको छ तिम्रो जीवनसंग मिल्नु त संजोग हुन पुगेको होला. वास्ताबिकता त मलाई के थाहा ?´´

´´जे जति छन हामीलाई दिनुस यो हाम्रो योजना र काम सकिए पछि फिर्ता दिन्छौं कुनै आर्थिक समस्या छ भने लिनुस यो रकम रु ५०,००० अक्षेरुपी पचास हजार दिदै अर्को पुस्तक निकाल्नुस बुझ्नु भएन ?´´ नानी मैले २ लाख दिन्छु एउटा आंखा दिन्छ्यौ ´´

´´ के भन्न खोज्नुभएको ? हेर्नुस ,यो पुस्तकले गर्दा हाम्रो काम-धन्दामा कठिन पारेर हो हामीले यस पुस्तकले गर्दा बिबश बनेर खोज्दै यहाँसम्म आएका हौं ? कस्तो अजीव पुस्तक हो यो ? जस्तो लेखक उस्तै पुस्तक पनि ´´
´´ठीक भन्यौ तिमीले ?´´
आखिर भनेको नमान्दा खप्नु पर्ला लेखक महोदय , सास्तीपाउनु छ या छैन ? होश गर्नुस हामी बिद्रोहीसमूहका एक जस्ता हौं हामीले बर्तमान सरकारको लागी समेत चेतावनी दिने सामर्थ्य छ तपाई त के हो र ? तैपनी एक कलमजीवीको अपमान गर्न चाहेका थिएनौ ,जब हामीलाई समस्या पर्छ ´´मितको टाउको बेलै सरि ´´ भने जस्तो हो हामीले जुनसुकै मूल्य तीर्न पनि कसर राख्ने छैनौ ´´

´´ठिक छ लग ,मलाइ मारेर लग म जिउदो हुदासम्म योपुस्तक दिन म सक्दिन बुझ्यौ तिमीले ?´´
एक युवकले ठ्याम्म गोलि हान्छ अचानक लेखकको पाखुरामा गोलि लाग्छ युवती हच्किन्छे समय साझपखको छ चराचुरुंगी आफ्नो गुँडतिर चिर्बिरगर्दै फर्केका हुन्छन अर्को पुस्तकको पाण्डुलिपिमा आँखा लाग्छ उठाउछे पढ्छे युवती कता कता उसलाई आत्माग्लानी हुन पुग्छे सम्झना चलचित्र झैँ खुल्दै जान्छ.

रुपा तिमीले जीवनमा राम्रो काम गरेको देख्न सकूँ तिमी एक अबला कुमारी आमाकी छोरी हौ तिम्री आमाको जीवन संघर्ष कति कठि थियो तिमीले भोलि आफ्नी आमालाई दुख दिनेअपराधी रत्न किशोरलाइ संजाय दिलाउनु पर्छ हेर आज तिम्री आमा भएको भए तिमीले कसैको सहारा माग्नु पर्दंथ्यो हो रुपा जस्ती रुपवान छ्यौ उस्तै जुझारु पनि तिमीमा असिम शाहस देखेको छु तिम्री आमा हाम्रो कलेजमा परिसरको रुपमा काम गर्थिन , त्यहि बखत हो रत्न किशोरको गिद्दे नजरको शिकार भएकी आखिर त्यहि रत्नकी रगत हौ तिमी रुपा आज तिमीले यो कलेजमा आफ्नो जीवनका संघर्षका यात्रा पुरागर्ने बाटो तय गर्नु छ रुपा बुझ्यौ ?

´ ´´हजुर अंकल ~मैले बुझें ´´ आफ्नो बिगतको काहनी वास्तविकता बनेर आयो झल्यास भएको अनुभूति भयो लेखकको नजिक पुगेररुदै हजुर चेतन अंकल हुनुहुन्छ ?मलाइ माफ गर्नुस अंकल म पापिनी हुन म आफ्नो जीवनदातालाइ मार्न आएकी थिएँ आखिर रुपाको अन्तरकथाले मलाइ बाध्य बनायो म आफ्नो इच्छाले थिएन म कसैको दवाबमा परेर यो कुकर्म गर्न आएकी थिएं´´

हो अरुणा तिम्रो खोजीमा तिम्री आमाले कति खोजिन आखिर एक दिन सडक दुर्घटनामा आफ्नो जीवनलाई अन्त्य गरिन तिमीले आफ्नो सहरिया जीवनमा हराएकी थियौ मैले बाध्य भएर यो पुस्तक निकाल्न खोजें ,आखिर यो पुस्तकको चर्चाले मानिसहरु मलाइ भेट्ने जमर्को गर्दथे किनकी यो पुस्तक जीवन्त थियो वास्तविक मानबिय समबेदना बोकेको थियो आखिर यहि पुस्तकको रोयल्टीले मैले अनाथ बालबालिकाको सेवा गरेको छु त्यो घर देख्यौ -देखाउदै .

.हो यहि पुस्तकले तिम्रो आफ्नो बिगतलाई सम्झाउनु थियो र लेखेको थिएं म हेर अब म धेरै बाँच्ने छैन मेरो मृत्युको समय आइ सकेको छ यो त् केवल सन्जोग थियो ´´खलनायिका रुपा´´ कुरा यहि हो ल किन घाइते पारेकी मलाई मारेर सारा पुस्तक लिएर जाउ आँखाबाट आँशु गहभरी पोखिन्छन बौलाही जस्ती भाबुक हुदै भन्छे भगवान मलाइ मुक्ति देउ म बाँच्न चाहन्न म अपराधिनी हुँ´´

युवकले सम्झाउछ्न निरन्तर रोहिरह्न्छे रोहिरहंछे लेखकको पाखुराबाट रगत बगिरहेको छ एक पत्रकार सहित प्रहरी त्याहा पुग्छन युवक भाग्न खोज्छन सक्दैन् क्रमश :

मोहन आचार्य / इन्द्रेणी शर्मा ´´जलद´´

प्रगतिनगर ,नवलपुर ., नवलपरासी, लुम्बिनी नेपाल
हाल सान्तोस ओ व्हेलो ,लिस्बोन पोर्तुगल
दिनांक २४-०४-२०१२ राति २३.१५ बजे

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com