ताप्लेजुङ , जेष्ठ २८ ,
बुहारीको हत्या गरी फरार फूलबारीका गंगाप्रसाद सेन्दाङले आफु पनि खोलामा हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुहारीको हत्या गरी फरार सेन्दाङले तमोर किनारमा कपडा फुकालेर पौडने भन्दै खोलामा पसेका हुन् ।
उनको शव प्राप्त भइ नसके पनि माछा मार्नेले खोलामा पसेको देखेको प्रहरी निरिक्षक लोकदर्शन थापाले बताए । प्रहरी नायव उपरिक्षक केदार ढकालका अनुसार उनले सुक्रवार दिउसो १२ वजेतिर २९ बषिर्य इन्द्रमायाको धारिलो हतियार प्रहारगरी हत्या गरेका थिए ।
उनको टाउकोमा गम्भिर चोट लागेको, दाहिने हात भाचिएको र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ । पोष्टमार्टमका लागी सदरमुकाम ल्याइएकी इन्द्रमायाका श्रीमान भारतिय सेनामा कार्यरत रहेकाले उनी फर्केपछि दाहसंस्कार गरिने परिवारजनले जनाएका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै