फक्रदोँ ती फूल मेरा कोपिलामै झरिगयो
शरीर मात्रै जिउँदो छ आत्मा मेरो मरिगयो
रोपी गोडी हुर्काउँछु मेरो आफ्नै बगैचाँमा
आशाहरु सबै मर्दै स्वर्गतिरै सरिगयो
अवोध ती सुन्दर् फूल दैवसंग मागेकोथें
जस्ले दियो आज फेरि उसैले नै हरिगयो
जवाफ के दिउँ उस्लाई जस्ले जिम्मा लाथ्यो
कसो गरि भनुँ सन्तान् भङ्गालोमा परिगयो
ईन्द्रेणीको आगमनमा फूल् संगै हाँस्छु भन्थें
खाडल् यस्तो पर्यो बरी अश्रुभेल्ले भरिगयो
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं