छोरा बर्ष दिन नपुग्दै नायिका संचिता छोरी जन्माउने तयारीमा I

नायिका सञ्चिता लुइँटेलले छोरो पाएको दस महिना भयो, यतिबेला उनी फेरी अर्को सन्तान जन्माउने तयारीमा छिन्। 'अप्सरा' नायिकाले नायक निखिल उप्रेतीसँग विवाह गरेपछि जन्मिएको छोरो तीन महिना नपुग्दै उनी फेरी गर्भवती भएकी हुन्।

नेपाली सिने जगत्मा राम्री नायिकाको उपमा पाएकी सञ्चिताले केही समययता अबको सन्तान छोरी भैदिए हुने भनेर अन्तर्वार्ता दिइरहेकी थिइन्। छोराकी आमा भैसके को अवस्थामा छोरी पाउने उनको चाहना देखिन्थ्यो। आमाको साथीका लागि पनि एउटा छोरी आवश्यक भएको उनको कथन थियो। चिकित्सकले उक्त चाहना पूरा हुने बताइदिएपछि आजकाल नायिका सञ्चिता दंग छिन्।

चिकित्सकले साउन २५ गते सञ्चिता पुत्रीको धर्ती अवतरण हुने मिति पनि तोकिदिएकी छिन्। बिनायोजना गर्भ बसे पनि शिशु जन्माउने निर्णय लिएकी सञ्चिताले भनिन्, 'अब सन्तानकै भविष्यका लागि केही समय चलचित्र जगत्बाट टाढा रहन्छु।'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com