एसलसी प्रिन्सेस दीपिका I

गएको शनिबार जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा 'एसएलसी प्रिन्सेस-२०१२' सम्पन्न भयो। उक्त प्रतियोगिता यस वर्षको एसएलसी परीक्षामा सहभागी भएका ४२ जना छात्राहरूबीच भएको भएको थियो। सिजिन मिडिया प्रा.लि.को आयोजनामा दोस्रो पटक सञ्चालित यो प्रतियोगितामा मुख्य उपाधि १६ वर्षीया दीपिका कार्कीले जितिन्।

गुह्येश्वरी हाई स्कुलकी छात्रा दीपिकाले प्रतियोगितामा सहभागिहरूमध्ये यस पटकको एसएलसी परीक्षामा सबैभन्दा बढी अंक ल्याएबापत मिस डिस्टिङ्सन एवार्ड पनि आफ्नो पक्षमा पारिन्। दीपिकालाई गत वर्षकी विजेता परिक्रमा राईले मुख्य उपाधिको मुकुट पहिर्‍याएकी थिइन्।

प्रतियोगितामा यंग हार्ट्स हाई स्कूलकी छात्रा सम्पदा चापागाईंले फस्ट रनर्सअप तथा युनिभर्सल प्रिपे्रटरी स्कुलकी छात्रा मेरिना लामाले सेकेन्ड रनर्सअपको उपाधि हात पारे। मेरिनाले भ्यूअर च्वाइस एवार्ड पनि प्राप्त गरिन्। यसैगरी सरिता बस्नेत एजुकेसन एवार्डसहित थर्ड रनर्सअपका रूपमा छनौट भइन् भने बेस्ट स्किन एवार्डसहित क्रिष्टल केसी फोर्थ रनर्सअप उपाधि विजेता बने।

रोजिन शाक्यको कोरियोग्राफीमा सञ्चालित उक्त प्रतियोगिताको प्रारम्भमा सहभागीहरूले विभिन्न आकर्षक डिजाइनका इभिनिङ गाउन लगाएर आ-आफ्नो परिचय दिएका थिए। त्यसपछि उनीहरूले विभिन्न सन्देशसहितको मनमोहक शैलीका कुर्ता-सलवारमा क्याटवाक गरेका थिए। सहभागीहरूमध्ये बाट उत्कृष्ट २१ को प्रश्नोत्तर चरण र अन्तिम दस जनाको छनौटपश्चात् विजेता निक्र्यौल भएको थियो।

प्रतियोगिताको विभिन्न उपाधितर्फ प्रकृति बस्ती फ्रेन्डसिप, राशिका न्यौपाने फोटोजेनिक, समीक्षा देउजा बेस्ट हेयर, दीपुकला बुढाथोकी पसर् नालिटी, मेलिना मगर फिटनेस, पूजा रिजाल बेस्ट वाक विधामा विजेता भएका थिए। यसैगरी रुबी थापा डिसिप्लिन, सोयसा कार्की बेस्ट स्माइल, पुष्पा श्रेष्ठ इन्टिलेक्चुयल, आशियाना अधिकारी बेष्ट ड्रेस तथा कुसुम थापा मगर ट्यालेन्ट एवं पपुलर एवार्ड विजेता भए। प्रतियो गितामा सहभागीहरूको पहिरनलाई आईसी कलेज अफ आर्ट एन्ड फेसन विद्यार्थी डिजाइनरहरूले तयार पारेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com