शुनशान थियो जङ्गल् अनि नजिकैमा गिरी
निर्जन् सुन्दर् वनैभरि हावा सिरी सिरी
राजा थियौं रानी थियौं प्रकृतीका हामी
वरिपरि हाम्रो गर्थ्यो चरी चिरीबिरी
जब नाच्थ्यौं झरना झर्थ्यो उसै गरि नाच्दै
कम्पन् यस्तो हुन्थ्यो धरा काम्थिन् थिरीथिरी
हाम्रो माया हाम्रो मिलन् देख्दा मदहोश् हुदैं
स्वर्गबाट झर्थे इन्द्र नारद वीणा भिरी
कल्कल् कल्कल् बग्थ्यो खोलो झुल्थ्यो खुसी उस्तै
बिहानीको झुल्के घाम हृदयमा छिरी
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं