(सत्य कथामा आधारित)
१५ गते को मिलन पनि अब बिछोड मा परिबर्तन हुन लागि रहेको थियो । साँझ पर्न लागेको थियो जसरि पनि हामी घर जानु पर्थ्यो जसो तसो त्यो दिन पनि बिदा भएर हामी त्यहाँ बाट हिड्यौ । साँझ को ७;३० बजे तिर घर पुगियो । घर पुग्दा खान को तयारी भै सकेको थियो पवित्रा भाउजु ले खाना खान बोलाउनु भयो म खाना खाएर सिधा आफ्नो रूम तिर गए ।
अब मैले बैसाख २२ गते को लागि तयारी गर्नु थियो मैले पवित्रा भाउजु लाइ यो बिसय को कुरा पनि गरे भाउजु ले घर मा सर सल्लाह मिलाइदिनु भयो । मेरा हरेक पाइला पाइला मा साथ दिदै जानु हुन्थ्यो मेरी प्यारी पवित्रा भाउजु ले । आमा बुबा ले त अहिले समय भएको छैन भन्दै हुनुहुन्थ्यो तर पनि मैले उनले जिद्दी गरेको कुरा सुनाए पछि ठिकै छ नी त भन्नु भयो ।
अब ६ दिन मात्र बाकी थियो २२ गते आउन हुन त मैले उनलाई हाम्रो प्रेम को बारेमा म तिम्रा बाबा मम्मी संग कुरा गर्छु नी त भनेको थिए । तर उनि मानिनन नाइँ मलाई मार्छन यो बिसय मा कुरा नगर्नु तेसै त मम्मी खाली मलाई गालि मात्र गर्नु हुन्छ झन बाबा दादा हरु लाइ थाहा भयो भने त घर नगए हुन्छ मैले । महिले उनका बाबा मम्मी लाइ कुरा गर्ने बिचार गरेको थिए तर उनि नमाने पछी म चुप हुन कर लाग्यो ।
दिन हरु बित्दै गए २२ गते पनि आयो जुन दिन माता तिर्थ औशीको दिन थियो । निरु को मम्मी उनको मामल जानु भएछ ,अनि बाबा चै मूल घर तिर जानु भएको थियो रे भाई बहिनि लाइ लिएर । उनि मात्र घर मा एक्लै भएको मौका बैसाख २२ गते बिहान ४ बजे उनि घर बाट हिडीछिन । हाम्रो सल्लाह अनुसार झापा मेरो गणेस दाइ को मा गएर १०/१५ दिन बस्ने सल्लाह भएको थियो । बाटो मा कसैले देख्लान कि भन्दै लुक्दै
हिड्दा उनलाई ३ घण्टा को बाटो १० घण्टा लागेछ ।
मेरो घर नजिकै को बाटो जानु पर्थ्यो झापा जादा तेसैले उनि मेरो घर तिर आउने अनि जाने सल्लाह भएको थियो । २२ गते दिन को १ बजे तिर उनि सांग्रुम्बा मेरो घर छेउ मा आहिन अनि त्यहाँ गंगा को पसल मा एकछिन बसेर नास्ता गरेर २;३० बजे तिर हामी त्यहाँ बाट झापा को लागि हिड्यौ । त्यो समय मा अहिले को जस्तो गाडी थिएन गाडी चड्न को लागी मेरो घर बाट पनि ३ घण्टा हिड्नु पर्थ्यो । म निरु अनि भेषराज सांग्रुम्बा बाट इलाम तर्फ अगी बढ्यौ ।
सिधा बाटो जादा बाटोमा उनलाई कसैले देख्छन भनेर उनि घुमौरो बाटो जाने भन्न थालिन् । तेसो त उनि घर बाट हिड्दा देखि नै घुमाउरो बाटो लुक्दै आएकी थिन रे । हामी मसार को बाटो हुदै इलाम को गोलाखर्क भन्ज्यांग मा करिब ५ बजे तिर तिर आइपुग्यौ । मेरो साथि भेषराज को फुपुको घर त्यहाँ भन्ज्यांग मा थियो । रात पर्न लागेको ले हामी त्यो रात तेतै बास बस्ने सल्लाह भयो । हामी बसेको घर देखि माथ्लो घर निरु को ठुलो मम्मी को घर रहेछ भर्खर बसाई आएका रहेछन त्यहाँ तेसैले निरु लाइ थाहा रहेन रहेछ । उनलाई सोधेछन कता हिडेकी ? उनले मामल हिडेको साथी हरु पनि उतै जाने भएको ले संगै आएको भनेर ढाटिछिन ।
त्यो रात हामी त्यही बास बस्यौ अनि उनीहरु लाइ संखा लागेर रात भर डिउटी लागेछन । निरुले घर मा उनको ओछ्यान मा पत्र छोडेर आएकि रहिछिन । उनले पत्र मा लेखेकी थिन रे --- मलाई नखोज्नु म
मेरो मन को राजा संग गए । मैले हजुर हरु लाइ भन्दा हजुर हरु ले मलाई जान दिनु हुन्न । म निर्मल बिना बाच्न सक्दिन । तेसैले म हजुर हरु नभएको समय मा घर छोडेर हिडे म जहाँ रहे पनि जस्तो रहे पनि खुसि रहने छु । मलाई खोज्ने कस्ट नगर्नु होला । येस्तै येस्तै धेरै कुरा हरु लेखेकी थिन रे.......... क्रमश:
निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :