गीत I



उराठ यो जीन्दगीमा रङ्ग छैन
आशाहरु मरिसके उमङ्ग छैन

खुसी हुन भाग्यमा नै हुनुपर्छ
अभागी छु दु:ख मात्रै छुनुपर्छ
मेरो आकाशमा नौ गंगा छैन
त्यसैले त यो मन् चङ्गा छैन

हरिया ती पातहरु सबै झर्छन्
रोपेका ती फूलहरु सबै मर्छन्
सायद ममा फूल गोड्ने ढ्ङ्ग छैन
आशाहरु मरिसके उमङ्ग छैन

उराठ यो जीन्दगीमा रङ्ग छैन
आशाहरु मरिसके उमङ्ग छैन

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com