सुधिर नेपाल :- प्रकृतिकी रानी इलाममा पर्ने एउटा सुन्दर ठाउँ हो, छिन्तापु। हरिया पहाडका बीचबाट नागबेली शैलीमा बेरिँदै बगेका नदीनालाले छिन्तापुलाई साँच्चै लोभलाग्दो बनाएको छ। बालीले ढाकेका उर्वर बेँसी र डाँडाभरि छपक्कै देखिने चियाका बोटले जोसुकैलाई पनि लोभ्याउछ, यहाँ पुग्दा।
करिब २ हजार २ सय मिटरको उचाइमा अवस्थित यो लेकाली डाँडा गुराँस, विभिन्न जनजातिका संस्कृति, परम्परागत पशुपालन, दुर्लभ रेडपान्डा, थार, मुनाल, हुचिललगायत विभिन्न थरीका वन्यजन्तु र पक्षीको केन्द्र हो। भुटानसम्म देख्न सकिन्छ यस रमणीय स्थलबाट सगरमाथाको दृश्यावलोकन पनि गर्न सकिन्छ। यहाँबाट सूर्योदय र सूर्यास्तका मनोरम दृश्य पनि लोभलाग्दो देखिन्छ।
छिन्तापु इलामको दोस्रो अग्लो थलोसमेत हो। इलामको सबैभन्दा अग्लो स्थान सन्दकपुरबाट पश्चिममा पर्ने छिन्तापु जान छोटो बाटो माई मझुवाको बुधबारेबाट आधा घन्टाको मोटर यात्रा गर्नुपर्छ। त्यसपछि गोरुवाले र त्यहाँबाट एक घन्टाको पैदल यात्रापछि छिन्तापु पुगिन्छ। बसोबासका लागि तल इलाम बजारमै झर्नुपर्छ, जहाँ भनेजस्ता होटल र गेस्टहाउस उपलब्ध छन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै