सन्तान वरदान हो I

डा: बालकृष्ण शाह :- श्रीमान्का कारण एचआईभी संक्रमित अनिता मैनाली, ३५, -नाम परविर्तन)ले सात वर्षअघि दोस्रो विवाह गरनि्। सन्तान जन्माउने मन हुँदाहँुदै पनि आफूले जन्माउने सन्तान पनि आफूजस्तै एचआईभी संक्रमित हुने ठानेर उनले आफ्नो चाहना लामो समयसम्म मनमै गाँठो पारनि्। 

तर, एचआईभी संक्रमित महिलाले संक्रमणमुक्त सन्तान जन्माउन सकिने उपायबारे अवगत भएपछि उनी गर्भवती भइन्। उनले मेची अञ्चल अस्पतालमा पीएमटीसीटी -पि्रभेन्सन अफ मदर टू चाइल्ड ट्रान्समिसन) कार्यक्रम अन्तर्गत औषधी-उपचार लिइन्। फलस्वरूप दुई वर्षअगाडि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरीलाई जन्म दिइन्। खुसीको कुरा, उनकी छोरीलाई एचआईभी संक्रमण छैन। "एउटी छोरी पाएँ, अब अर्को पनि पाउने चाहना छ," हषिर्त मुद्रामा मैनाली भन्छिन्, "यस्तो उपाय मजस्ता अरू संक्रमितलाई पनि वरदान साबित भएको छ।"

स्वाभाविक हो, सन्तान पाउने चाहना हरेक दम्पतीमा हुन्छ। अझ नारीमा एकपटक आमा बन्ने रहर अलि उच्च हुन्छ नै। सन्तान जन्माउने चाहना हुँदाहँुदै पनि एचआईभी संक्रमणका कारण धेरै महिलाले कुण्ठित भएर बाँचेका बग्रेल्ती उदाहरण छन्। तर, एचआईभी संक्रमित महिलाहरूले अब आफ्ना चाहनालाई मनमै गुम्साउनुपर्ने अवस्था छैन। किनभने, अब अनिताजस्तै एचआईभी संक्रमित महिलाले जन्म दिने सन्तान एचआईभी संक्रमणमुक्त हुन सक्छन्। 

चिकित्सकहरूका अनुसार पीएमटीसीटी पद्धतिका कारण संक्रमित आमाहरूबाट स्वस्थ बच्चा जन्माउन सकिन्छ। गर्भवती हुन सक्ने महिलालाई एचआईभी संक्रमण हुनबाट जोगाउने, एचआईभी संक्रमित महिलाहरूलाई गर्भवती हुनबाट बचाउने, नचाहँदा-नचाहँदै रहेको गर्भलाई व्यवस्थापन गर्ने, हरेक गर्भवती महिलाको एचआईभी परीक्षण गर्ने, आमाबाट बच्चालाई संक्रमण हुनबाट जोगाउन औषधी उपचार गर्ने तथा त्यस्ता बच्चा, महिला र उनीहरूका परविारलाई सहयोग गर्ने कार्यक्रमको नाम नै पीएमटीसीटी हो। लामो समयसम्म एचआईभी संक्रमितहरूको उपचारमा संलग्न डा सुशीलकुमार शाक्य भन्छन्, "यो पद्घतिले एचआईभी संक्रमित आमा, जन्मिने बच्चा र उनको सम्पूर्ण परविारलाई नै सहयोग गर्छ।"

एचआईभी संक्रमित महिलाबाट उसको गर्भमा रहेको बच्चालाई मुख्यतया अन्तिम तीन महिना तथा जन्मेपछि दूध चुस्दा एचआईभी सर्ने सम्भावना उच्च हुन्छ। गर्भावस्थामा भ्रूण एउटा झिल्लीभित्र हुन्छ, यसलाई प्लासेन्टा भनिन्छ। सामान्यतया एचआईभी संक्रमण तथा अन्य संक्रमणहरूले प्लासेन्टालाई पार गर्न सक्दैन, त्यसैले बच्चालाई कुनै संक्रमण हुन पाउँदैन। 

अर्थात् प्लासेन्टाले तगारोको काम गर्छ। तर, आमालाई गर्भावस्थामा अन्य यौन रोग भएमा, एचआईभी भाइरसको संख्या धेरै भएमा तथा प्लासेन्टामा संक्रमण वा प्वाल भएमा बच्चालाई एचआईभी संक्रमण हुने सम्भावना बढी हुने गर्छ। बच्चालाई आमाको दूध नखुवाएर बट्टाको दूध खुवाउँदा एचआईभी संक्रमण हुने सम्भावना कम हुन्छ। तर, बट्टाको दूध महँगो हुने, निरन्तरता दिन गाह्रो हुने र यस्ता बच्चालाई पखालाको समस्याले पिरोल्ने भएकाले धेरै सुत्केरीले औषधी खाएर पनि बच्चालाई आफ्नै दूध खुवाउन रुचाएको कुरा पीएमटीसीटी घरदैलो कार्यक्रम सञ्चालन गररिहेकी रञ्जु शर्माको अनुभव छ।

एचआईभी संक्रमित गर्भवती महिलालाई यौन रोगको उपचार चाँडो र विशेष किसिमले गर्नुपर्छ। साथै, यिनीहरूलाई हातले गरनिे पाठेघरको परीक्षण तथा औजारहरूको मद्दतले गरनिे प्रसूतिकर्मबाट टाढै राख्नुपर्छ। एचआईभी संक्रमित गर्भवती महिलाको भरसक शल्यक्रिया गरेर बच्चा निकालेको नै राम्रो मानिन्छ। यसबाहेक यस्ता महिलाले एचआईभी संक्रमितहरूले खाने औषधी -एआरटी)को नियमित सेवन गर्नुपर्ने हुन्छ। गर्भवती नहुँदै यस्तो औषधी खाइरहेका महिलाहरूले सोही औषधीलाई निरन्तरता दिने वा केही फेरबदल गर्नुपर्ने अवस्था पनि हुन सक्छ। 

सामान्यतया एचआईभी संक्रमित महिलाले गर्भ रहेको पहिलो तीन महिना पार गरसिकेपछि यस्ता औषधी प्रयोग गर्नुपर्ने हुन्छ। यसबाहेक बच्चा जन्मनासाथ नवजात शिशुलाई पनि केही औषधी खुवाउनुपर्ने हुन सक्छ। पीएमटीसीटीको उपचार पद्धति अपनाएर सन्तान जन्माउनाले एचआईभी संक्रमित आमाबाट जन्मिने बच्चामध्ये शून्य दशमलव दुई प्रतिशतभन्दा कममा मात्र एचआईभी संक्रमण हुन सक्छ। तर, कुनै सावधानी अपनाइएन भने यो सम्भावना २५ देखि ४० प्रतिशतसम्म पुग्न सक्छ। डा शाक्य भन्छन्, "नेपालमा पीएमटीसीटी गरेका एक जना पनि बच्चामा एचआईभी संक्रमण पाइएको छैन।"


२१ स्थानबाट पीएमटीसीटी सेवा

नेपालमा पीएमटीसीटी सेवा आठ वर्षअघिदेखि सुरु गरिएको हो । हाल यो सेवा २१ वटा अस्पतालमा उपलब्ध छ । राष्ट्रिय यौन रोग तथा एड्स नियन्त्रण केन्द्रले दुई वर्षअघि प्रकाशित गरेको तथ्यांक अनुसार नेपालमा झन्डै आठ लाख महिला प्रतिवर्ष गर्भवती हुने गरेका छन्। त्यसमध्ये करिब १ हजार २ सय महिलालाई पीएमटीसीटी चाहिने केन्द्रको अनुमान छ । 

सन् २००६ देखि २०१० को जुलाईसम्ममा करिब दुई लाख गर्भवतीमा एचआईभी परीक्षण गरिएको उक्त तथ्यांकले देखाएको छ । त्यही तथ्यांक अनुसार सन् २०१० सम्ममा ४ सय ३२ एचआईभी संक्रमित महिलाले सन्तान जन्माएका छन् । केन्द्रका पीएमटीसीटी कार्यक्रमका सम्पर्क व्यक्ति डा हेमन्त ओझाका अनुसार हाल देशभर रहेका २१ वटा स्वास्थ्य केन्द्रबाट पीएमटीसीटी सेवाको गति दिनानुदिन बढिरहेको छ ।नेपाल:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com