रमण घिमिरे :- सुवानी मोक्तानको आफ्नै रचना र संगीतमा तीन वर्षअघि तयार भएको एल्बम जुनीजुनीलाई छिट्टै बजारमा आउँदै छ। दिदी शीतल र उनले गाएका यस एल्मबका गीतका म्युजिक भिडियो भने दिदी शीतलले नै बनाउँदै छिन्।
संगीतका प्रसिद्ध जोडी शिलाबहादुर र कुन्ती मोक्तानका यी सुपुत्रीद्वय पनि आमाबाबुको बाटो पहिल्याउँदै संगीतमा लागे। तर, धारमा चाहिँ यिनीहरूले बाबुआमालाई पछ्याएनन्। यिनीहरू गायनको अत्याधुनिक भनिने पप शैलीको संगीतमा बेग्लै धार निर्माण गर्दै छन्।
पहिलो एल्मबमा बाबुकै संगीतमा गाए यी दिदी-बहिनीले तर दोस्रोमा भने आफ्नै शैली र विधा खोज्ने जमर्को गरे। पछिल्लो एल्बम उनीहरूले आफ्नै गीत, आफ्नै संगीत, आफ्नै स्वर र आफ्नै संगीत-संयोजनमा तयार गरेका हुन्।
दुवै संगीतमा छन् तर एकाकारचाहिँ गायकीमा मात्र हुन्छ यिनीहरूको। संगीत सिर्जनामा बढी रुचि देखिन्छ सुवानीको भने म्युजिक भिडियो बनाउन अभिरुचि राख्छिन् शीतल। शीतलले यसअघि नै यम बरालको एउटा गीतको एल्बम भिडियो पनि बनाइसकेकी छन्। "यी हामी दिदीबहिनीबीच पाइने भिन्नाभिन्नै पक्ष हुन्," शीतल भन्छिन्, "यसैले गर्दा हाम्रो संगीतले पूर्णता पाएको छ।" सुवानी गीत र संगीतमा अघि बढ्नुको कारण पनि छ। "ऊ एकदमै छिटो गीत-संगीत सिर्जना गर्न सक्छे," शीतलको भनाइ, "तर, मलाई एउटा संगीत पूरा गर्न धेरै समय लाग्छ।"
यी दिदीबहिनीले विद्यालय, कलेज र विश्वविद्यालयसम्म सँगै यात्रा गरे। र, संगीतमा पनि यही भयो। सुरुमा दुवैले पूर्वीय शास्त्रीय संगीत सिके। त्यसपछि शीतलले पाश्चात्य संगीतमा पनि शास्त्रीय नै सिकिन् तर सुवानीले ज्याज। विशेष गरी सुवानीको पाश्चात्य संगीतप्रति रुचि बढ्नुको कारण पनि यही हो। उनी अहिले एउटा संस्थामा विदेशीहरूलाई ज्याज सिकाउँछिन् भने शीतल एउटा विज्ञापन एजेन्सीमा बजार हेर्छिन्।
स्वभाव र कामले यी दुवैबीच फराकिलो अन्तर छ। शीतल धेरै सुन्छिन् र कम बोल्छिन्। सुवानी धेरै बोल्छिन् र कम सुन्छिन्। "संगीत छनोटका बेला पनि मेरी दिदी ज्ञानी भएर सुनिरहन्छे, ममीले मात्र यहाँ भएन भनेर सल्लाह दिनुहुन्छु," सुवानी भन्छिन्, "यसले गर्दा मलाई स्वतन्त्र भएर काम गर्न अवसर प्राप्त हुन्छ।" शीतल आफ्नो मौनताको कारण खोज्छिन्, "सुवानीले गरेको काम प्रायः राम्रो हुन्छ अनि मैले किन बोलिराख्नुपर्यो र !" तर, शीतललाई चित्त नबुझेका बेलाको सुवानीका सिर्जना कैयौँपल्ट मुलतबी भएका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै