जेष्ठ २४ ,
'साना हुन्जेल मर्लान् भन्ने पीर, ठूला भएपछि मार्लान् भन्ने पीर' भन्ने उक्ति त्यसै कहाँ बनेको हो र ?
रोशना सुब्बा :- पारिवारिक द्वन्द्व, व्यस्त जीवनशैली र सामाजिक परिवर्तनसँगै बुढेसकाल कष्टकर बन्दैछ । बेवास्ता, हेलाँ र दुव्र्यवहार गर्नुभन्दा कसरी राम्रो गर्न सकिन्छ भनी घरसल्लाह गर्दा केही उपाय निस्केला । मेरो जेठा बुवा र जेठी आमालाई उहाँहरूकी छोरीले सँगै राख्ने पहल भइरहेको छ, यद्यपि छोरीको घरमा बस्नहुन्न भन्ने सोचाइ भएका उहाँहरूलाई बुझाउन धावा पर्नेछ ।
बूढाबूढीलाई माया र सम्मान दिए, सानाले पनि त्यही संस्कार सिक्नेछन् । हजुरबुवालाई डोकोमा राखी फाल्न गएको देखेर छोराले बुवालाई डोकोचाहिं नफाल्नु, पछि बूढो भएपछि तपाईलाई पनि फाल्न चाहिन्छ भनेको कथा हामीलाई थाहै छ । आखिर जति नै बल गरे पनि ढिलो-चाँडो सबैको बुढेसकाल आइहाल्छ ।
'रिटायर्ड लाइफ' बिताइरहनुभएका मेरो बुवा केही समययता ताप्लेजुङस्थित आफ्नो पुख्र्यौली घर निकै जान थाल्नुभएको छ । कहिले कीर्तिपुरको बागवानी केन्द्रबाट थरीथरीका फलफूलका बिरुवा लिएर त्यहाँ पुग्नुहुन्छ त कहिले आफन्तको बिहेमा सरिक हुन जानुहुन्छ । फर्केपछि रमाइला प्रसङ्ग र गाउँमा भएका परिवर्तनबारे सुनाउनुहुन्छ । तर पछिल्लोपटक फर्किएपछिको पारिवारिक जमघटमा भने दुःख बिसाउनुभयो ।
सत्तरी वर्ष नाघेका आफ्ना जेठा दाजु र भाउजूको बिजोग देखेर उहाँ छट्पटिनुभएको छ । राम्रोसँग खुट्टा नचल्ने भाउजू र दाजुले सकी-नसकी खाना बनाउने लगायतका सबै काम गर्नुपरेको देखेर उहाँ निकै चिन्तित हुनुहुन्छ । एक्लो छोरा परिवारसहित विदेशमा रहेको, छोरीहरू बिहे गरेर गइसकेका, गाउँघरमा समेत काम गर्ने मान्छे नपाइने अवस्था र छोरीको घरमा गएर बस्न हुँदैन भन्ने सोचाइका कारण उहाँहरूले बुढेसकालमा सास्ती भोग्नुपरेको छ ।
आजभोलि धेरैको बुढेसकाल यसरी नै कष्टकर बन्दैछ । छोरा विदेशमा हुनेको मात्र होइन, सँगै हुनेको हालत पनि उस्तै छ । ठाउँमा भएका र प्रशस्तै सम्पत्ति भएकाले समेत दिनसम्म दुःख दिएका छन् । एकभन्दा बढी छोरा भए पनि कसले सँगै राख्ने भनेर कुरा नमिल्दा बूढाबूढी छुट्टै बस्न बाध्य छन् । कसैलाई छोरीले पनि सँगै राखेका छन् । कतिले वृद्धाश्रममा लगेर छाडेका पनि छन् । कतिसम्म देख्न पाइन्छ भने घरमा पालिएको कुकुरलाई परिवारको सदस्यको दर्जा दिइएको छ, तर वृद्धावस्थाका आमाबुवालाई बेवास्ता र हेला गरिएको छ ।
अब प्रश्न उठ्छ, जिम्मेवार को त ? छोरा कि बुहारी ? छोरा त त्यस्तो थिएन, बुहारीले त्यस्तो बनाई भन्दै बढी दोष बुहारीमाथि थोपरिन्छ । बुहारीको दोष हुँदैन भन्ने पनि होइन । तर एउटी बुहारी जाती कि अजाती हुने मुख्य कारण घरको वातावरण र परिवारकै सदस्यका व्यवहार हुन् । छुट्टै परिवेश र रहन-सहनबाट आएकी बुहारीलाई घुलमिल हुन वातावरण नबनाइदिने र समय नदिने हो भने सानातिना लाग्ने विषयवस्तुले नै द्वन्द्व निम्त्याउँछ ।
अझ असमझदार नन्द, आमाजू छन् भने त द्वन्द्वको आकार बढ्दै जान सक्छ । केही समस्या पर्यो भने दाइभाइलाई सम्झाइ-बुझाइ गर्नुको साटो आमाबुवाको कान भर्ने काम भयो भने उनीहरूलाई छोरीले माया गरेजस्तो लाग्ला, तर उनैका कुरा सुनेर घरकी बुहारीलाई नराम्रो व्यवहार गर्ने हो भने छोरालाई समेत कसको पक्ष लाग्ने भनेर धर्मसंकट आइलाग्न सक्छ । अनि छोरा-बुहारीसँग मिलीजुली बस्नसक्ने स्थिति नभएपछि बुढेसकाल पीडादायी बन्न पुग्छ ।
बदलिँदो सामाजिक परिवर्तनसँगै पारिवारिक संरचना पनि परिवर्तन हुँदैछ । विभिन्न अवसरका खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पस्ने क्रम बढ्दो छ । भौतिक सुखसुविधाका लागि प्रतिस्पर्धा चर्को छ । 'करिअर'को चिन्ता, पैसा कमाउनुपर्ने चिन्ता, फलानोले धेरै प्रगति गरिसक्यो, आफू पछि परियो भन्ने हीनताबोधका कारण हुने तनाव र दबाब छँदैछ । विशेषगरी सहरी क्षेत्रमा सन्तान ढिलो जन्माउने, एउटैमात्र जन्माउने 'ट्रेन्ड' सुरु भइसकेको छ । साथै आफ्नो छुट्टै घर होस्, स्वतन्त्रता बढी होस् भन्ने चाहना पनि बढ्न थालेको छ । संयुक्त परिवारमा बाँधिएर, जोडिएर बस्नुभन्दा एकल परिवार रुचाउन थालिएको छ । तसर्थ वृद्धवृद्धा एक्लिन थालेका छन् ।
सहरी क्षेत्रमा छोरा-बुहारीसँगै बस्नेहरू एक्लैजस्ता भएका छन् । उनीहरूको गफ सुनिदिने, कुराकानी गर्ने पनि कमै हुन्छन् । छोरा-बुहारी कार्यालय र घरकै काममा व्यस्त छन् । नाति-नातिनी पढाइ-लेखाइ, टेलिभिजन, कम्प्युटर र मोबाइलमै मख्ख छन् । एक्लोपनासँगै उमेर बढ्दै गएपछि शरीरमा पहिलेजस्तो फुर्ती र ऊर्जा नरहने, रोगले च्याप्दै जाने र घरमै पनि तल-माथि, भित्र-बाहिर गर्न गाह्रो हुनथाल्छ । ठ्याक्कै बाल्यकालजस्तै बढी रेखदेख, स्याहार-सुसार आवश्यक हुनथाल्छ ।
उनीहरूको स्याहार-सुसारका लागि कामै छोडेर बस्नलाई भनेजस्तो सजिलो पनि छैन । एकातिर काम पाइन्छ कि पाइँदैन भन्ने चिन्ता अकोर्ेतिर एकजनाको कमाइले गुजारा गर्न मुस्किल पर्छ । त्यसो त गर्नेले गरेका पनि छन् । मेरी साथीले वृद्ध ससुरालाई हेरचाह गर्ने कोही नभएपछि काम छाडिन् । काम गर्ने सहयोगी नपाएपछि उनलाई कर लाग्यो । भनेको र चाहेको बेला उनी बाहिर निस्कन पाउँदिनन् । आफ्नो 'करिअर' प्रभावित भयो भन्ने उनको गुनासो छ । यो गुनासोले कुनै दिन कुण्ठाको रूप नलेला भन्न सकिँदैन ।
हामी नै भन्न थालिसकेका छौं कि बुढेसकालका लागि बचाएर राख्नुपर्छ, किनभने हाम्रो पालामा कसैले हेर्नेवाला छैनन् । पेन्सन पाउने योजनासहितका बिमा गर्नतिर लागेका छौं । पक्कै पनि हाम्रो पालामा सुविधासम्पन्न वृद्धाश्रमहरू हुनेछन् । बदलिंदो समयसँगै हामी मानसिक रूपमा तयार भइसकेका हुनेछौँ ।
अहिल्यै कहाँ राम्रो वृद्धाश्रम छ भनेर सोधीखोजी हुन सुरु भइसकेको छ । घरमा रेखदेख गर्न कोही छैन र सेवासुविधा राम्रो छ भने वृद्धाश्रम राम्रै विकल्प हुनसक्ला । तर उनीहरूलाई मानसिक रूपमा तयार नपारीकनचाहिं हुँदैन । अलिअघि एक दैनिक पत्रिकामा दुई वृद्धाले महिला आयोगमा उजुरी हालेको समाचार आयो । छोरा-बुहारीले कुटपिट गर्दै घरबाट निक्लन भनेपछि करिब सत्तरी वर्षकी वृद्धाले उजुरी हालेकी रहिछन् । 'साना हुन्जेल मर्लान् भन्ने पीर, ठूला भएपछि मार्लान् भन्ने पीर' भन्ने उक्ति त्यसै कहाँ बनेको हो र ?
पारिवारिक द्वन्द्व, व्यस्त जीवनशैली र सामाजिक परिवर्तनसँगै बुढेसकाल कष्टकर बन्दैछ । बेवास्ता, हेलाँ र दुव्र्यवहार गर्नुभन्दा कसरी राम्रो गर्न सकिन्छ भनी घरसल्लाह गर्दा केही उपाय निस्केला । मेरो जेठा बुवा र जेठी आमालाई उहाँहरूकी छोरीले सँगै राख्ने पहल भइरहेको छ, यद्यपि छोरीको घरमा बस्नहुन्न भन्ने सोचाइ भएका उहाँहरूलाई बुझाउन धामा पर्नेछ ।
बूढाबूढीलाई माया र सम्मान दिए, सानाले पनि त्यही संस्कार सिक्नेछन् । हजुरबुवालाई डोकोमा राखी फाल्न गएको देखेर छोराले बुवालाई डोकोचाहिं नफाल्नु, पछि बूढो भएपछि तपाईलाई पनि फाल्न चाहिन्छ भनेको कथा हामीलाई थाहै छ । आखिर जति नै बल गरे पनि ढिलो-चाँडो सबैको बुढेसकाल आइहाल्छ । कान्तिपुर:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै