कथा निस्ठुरी निरु I


(सत्य कथामा आधारित)

बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । ;कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. केन्द्र जीतपुर मा.बि. जीतपुर ९ नवमी इलाम तर्फ लागे । 

 त्यहाँ म लगाएत सबै एस.एल.सी. दिने साथी हरु तयारी को लागि प्रस्थान गर्यौ । सबै कोठा भाडा गरेर बस्नु पर्थ्यो । म लगाएत ९ जना ले कोठा को तयारी गरयौ । जहाँ एउटै ठुलो रुम थियो अनि ४ खाट राखिएको थियो । इन्दिरा राया , गंगा राया ,मुना कार्की , सरिता राइ , इन्द्रराज राया , ललित राइ ,भेषराज कार्की ,चन्द्र कुमार मगर अनि म ९ जना एउटै रूम मा थियौ । एकै ठाउमा खाना बनाएर खान्थ्यौ हामि सबै जना ।

प्रेम गिरि को घर मा मेरो ग्रुप बस्थ्यौ । जो स्कूल को नजिकै पर्दथ्यो बिहान पढ्न जान पनि सजिलो थियो । दिन दिनै परिक्षा नजिकिन लाग्यो । हामी सबै जना परिक्षा को तयारी मा टुशन पढ्न थाल्यौ । बिद्यार्थी धेरै भएको ले सर हरु ले २ ग्रुप बनाएर पढाउने हुनुभयो । हामी बाहिर बाट आएका बिद्यार्थी हरु लाई १ ग्रुप अनि त्यहाँ का लोकल बिद्यार्थी लाई १ ग्रुप । यसै क्रम मा हाम्रो ग्रुप मा त्यहाँ का लोकल २ जना छात्रा हरु पनि हामी संगै पढ्ने भए । उनि हरु को नाम निर्मला कट्टेल (निरु) र बिष्णु पोख्रेल यी दुवै जना हामी संगै पढ्थे ।

 दिन हरु बित्दै गए परिक्षा को तयारी राम्ररी नै हुदै गयो । तेसो त हामी बसेको घर कि दिदि (तारा गिरि ) पनि हामी संगै परिक्षा दिन तयारी गर्दै हुनुहुन्थ्यो । २०५७ को बैसाख २ गते देखि हाम्रो परिक्षा सुरु भयो ।
जे जसो भए पनि परिक्षा राम्ररी नै सकियो । बैसाख ९ गते परिक्षा सकियो सबै साथी हरु खुसि भए । त्यहाँ गाउमा एक जना चेली को बिहे थियो परिक्षा पनि सकिएको ले साथी हरु त्यो बिहे तिर लागे । तर म चै गइन जान मन लागेन । 

नया वर्ष मा ग्रेटिंग कार्ड साथी हरु लाई दिने चलन थियो । हामी संग पढ्ने त्यो स्कुल कि छात्रा निर्मला कट्टेल (निरु) ले मलाई पनि सुभकामना कार्ड दिएकी थिइन । तर त्यो कार्ड मा लास्ट मा प्रेम प्रस्ताब पनि राखिएको थियो । मलाई साथी हरु ले मिलन भनेर बोलाउथे उनले त्यो कार्ड मा लेखेकी थिइन म हजुर लाई निर्मल भनेर बोलाउछु नारिसाउनुस ल ? अनि चाडो भन्दा चाडो मलाई एसको उत्तर दिनुस ल प्लिज् !!!

 म एकछिन ठुलो सोचाई मा परेको थिए तेसबेला किनकि उनि ब्रामण अनि धनाड्य परिवार कि थिइन । म भने क्षेत्री को छोरा अनि साधारण परिवार को थिए । क्रमश ;.........बाँकी अर्को भागमा   !!

निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com