लाउला खाउला भनेर परदेस तिर पसियो ,, खानु त के हुन्थ्यो र हजुर रुदै रुदै बसियो !
मरुभूमि को बगरमा पसिना पनि बगाइयो ,, पसिना संग रियल नी त साटियो !!
जिन्दगि बिताउन अनेकौ कस्ट पनि सहियो ,, येस्तै रहेछ जिन्दगि हजुर सहियो अनेकौ दुख !
थाहा छैन कति सम्म झेल्नु पर्ने हो अझै दुख ,, जिन्दगि नै बेकार लाग्छ कहिले पाइने हो सुख !!
दुख रोपी सुख फलाई टिपी फिर्छु स्वदेस ,,मुटु भरि गाउको माया खिपी फिर्छु स्वदेस !
पसिना का थेग्ला हरु नी धुन आफ्नै स्वदेस मा ,,नमेटाई सरीर भरि लिपि फिर्छु स्वदेस !!
बाध्यता को जंजिर कसी बाध्न खोजे मनलाई ,,देस प्रेमी भावना संगै खिपी फिर्छु स्वदेस !
जल्नु जले तातो राप मा मरुभूमि भित्र नै ,, खाडी बाट दुखि यो मन झिकी फिर्छु स्वदेस !!
घर छोडी आएको नी २ साल भयो आमा ,,केहि गर्छु भन्थे मैले झन बेहाल भयो आमा !
गर्छु काम मेरी आमा दिन रात खटि खटि ,,भोक भोकै मेरी आमा पेट पोल्छ भत भति !!
निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया को मरुभूमि बाट
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै