निस्ठुरी निरु - कथा (दोस्रो भाग) I

(सत्य कथामा आधारित)


बैसाख ९ गते हाम्रो परिक्षा सकियो त्यो दिन बेलुका उनले मलाई उनको घर मा बोलाइन म एकछिन त डराए तर म बसेको घर को दिदि (तारा गिरि )ले मलाई जान कर गर्नु भयो | उनको घर मा कोहि पनि नभएको मौका पारेर उनले मलाई बोलाएकी रहिछिन म जाँदा उनि एकलै थिइन । मम्मी बाबा हरु पुजा मा जानु भएको रहेछ |

पहिले त उनले मलाई कार्ड हेर्नुभयो भनेर सोधिन मैले पनि हेरे भनि दिए । अनि उनले सोधिन के छ त हजुर को विचार ? एकछिन सोचेर जवाफ दिए मैले हुन्छ । उनि एकदमै खुसि भइन मेरा हात हरु चुम्न थालिन । म कता कता भित्र भित्र डराईरहेको थिए सोच्थे उनका बाबा मम्मी आएभने मलाई के सोच्लान ? करिब २ घण्टा जति हामि गफ गरेर बस्यौ अनि म कोठा तर्फ आहुन लागे । आउने बेलामा उनले मलाई घर कहिले जानु हुन्छ ? भनेर सोधिन । 

भोलि मैले भनि दिए र म त्यहाँ बाट मेरो कोठा तर्फ लागे । करिब १० बज्न लागेको थियो कोठामा गंगा ,मुना दिदि ,तारा दिदि गफ गरेर बस्नु भएको रहेछ कोठामा पुगे पछि उनीहरुले मलाई सोधे - किन बोलाएकी रहिछिन त? उनले तारा दिदि लाइ पहिले नै भनि सकेकी रहिछिन अनि उनीहरु हाम्रै बारेमा कुरा गर्दै बसेका रहेछन । महिले सबै कुरा भनि दिए उनीहरु पनि खुसि भए जोडी मिल्यो भनेर । रात धेरै छिपिसकेको थियो सुत्ने तरखर मा लाग्यौ हामी बिहेमा गएका साथी हरु त आएकै थिएनन ।

भोलि पल्ट बिहान म उठेर हात मुख धोएर कोठा मा जादै थिए घरबेटी आन्टी ले मलाई चिया खान आउनु भनेर बोलाउनु भयो । कोठा भाडा मा बस्ने भए पनि मलाई वहा हरु ले आफ्नै परिवार जस्तै माया गर्नु हुन्थ्यो । म चिया पिउन गए तेतिबेला निरु पनि त्यहाँ आइसकेकी रहिछिन । आन्टी ले मलाई चिया दिनु भयो उनलाई पनि दिनु भएको थियो तर उनले लिनन । 

मैले १ सर्को पिए पछि त्यो चिया उनले पनि पिइन । जुठो खायो भने माया अझ बढ्छ रे उनले तेसबेला भनिन । उमेर ,पढाई, हाइट रुप रंग सबै मिलेको थियो हामी दुवै जना को । हल्का कालो अनुहार सिल्की परेका लामो केस मिलेको जिउडाल मलाई पनि असाध्येई मन परेकी थिइन निरु | चिया पिहिसके पछि म कोठा तर्फ लागे घर जाने तयारी गर्नु थियो : क्रमस.......


निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com