घाँटी थिचेर श्रीमती गरे हत्या श्रीमानले I

राजविराज, असार ५,


सप्तरीमा गएराति एक जनाले आफ्नी श्रीमतीको हत्या गरेका छन् । बरही बिरपुर-१ निवासी सन्तोषकुमार यादवले २५ वर्षीया श्रीमती रम्भादेवी यादवको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

श्रीमानसहित घरपरिवारका सदस्यहरूले घरायसी विवादमा रम्भादेवीको घाँटी थिचेर हत्या गरेको अवस्थामा निजकै घरमा शव फेला परेको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । मृतकको घाँटीमा चोटपटक र निलडाम देखिएको छ ।

तीन वर्षअघि सन्तोष र बोरिया-८ निवासी श्यामसुन्दर यादवका छोरी रम्भा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरूको सन्तान छैन् । राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा फोरेन्सिक विशेषज्ञ चिकित्सक नभएकाले शव परीक्षणका लागि धरान लैजाने तयारी भइरहेको अस्पताल सुरक्षार्थ खटिएका प्रहरी हवल्दार रामकृष्ण यादवले जानकारी दिनुभयो ।

हत्या पश्चात सन्तोषसहित घरका सम्पूर्ण सदस्यहरू फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com