विराटनगर,असार ५,
विराटनगर नगरपालिकाको विभिन्न छ वटा होटल र लजहरूबाट छ युवती तथा आठ युवकलाई मंगलबार दिउँसो पक्राउ गरिएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका अनुसार अपराहृन सुराकीको आधारमा स्थानीय छ होटल एवम् लजमा आकस्मात खानतलास गर्दा केटा तथा केटीहरू आपत्तिजनक अवस्थामा फेला परेको बताइएको छ । पक्राउ पर्नेहरूमा तीन जना विवाहित महिला पनि छन् ।
समाजमा बढ्दो वेश्यावृत्तिलाई निरुत्साहित गर्न यस्ता अकस्मात जाँच कार्यक्रम सञ्चालन गरेको प्रहरीले जनाएको छ । साथै यसलाई तदारुकतासाकासाथ निरन्तरता दिइने समेत प्रहरीले बताएको छ । रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै