मेरा प्रिया: शखा-शखी हिलो छ्याप्दै असार पन्द्र मनाउँदै होलान :
चिल्लै पारि कान्ला सबै बाउसेहरु छेउ-कुना,आली मिलाउँदै होलान :
बिर्सी सबै पीडाहरु एक-अर्कामा खुशी बाड्दै असारे गीत गाउँदै होलान :
भ्याई न भ्याई छ की पर्म गर्न वारि-पारि डुंगातरी हतास धाउँदै होलान :
सूर्य लुकी बादल भित्र हल्का झरी परि दिइ इन्द्रेणीरानी पृथ्वीमै झरे होलान :
सुन्दर यो दृष्यले रानी वनको कोइली, मयुर पंखी फिजाएर रमाउँदै होलान :
बिना घूम निथ्रुक्क रुझी त्यो झरिमा मेरा शखा-शखी कति रमाउँदै होलान :
कुटो कोदालो फाली सबै हातैले हिलो छ्यापी आहा कति कराउँदै होलान :
प्रकृति सँग कृतज्ञको मैझार गरि मन, बचन, कर्मले माता पुजे होलान :
दहि-चिउरा खाइ असारे पन्द्रको झरीमा फेरी अन्तिम पटक डुबे होलान :
" परिस्थितिले परदेशी भइयो तर सधैं आफ्नै बनौं है "
" आजको दिन मातृभूमी सम्झी असार पन्द्र मनाउ है "
यासिन राइ
काठमाण्डौं,
हाल, इज़रायल :