गौरवको भावना मन्जरी I

गौरव पहारी आफ्नी मञ्जरीलाई लिएर बुटबल पुगेका छन्। अभिनेता टीका पहारीका जेठा छोरा गौरवको चाहना पनि मञ्जरीलाई लिएर बुटवल जानु नै रहेछ। त्यसका लागि उनले वर्षौं प्रशिक्षण लिए। आफूलाई त्यसको योग्य बनाए।

अन्ततः निर्देशक गणेशदेव पाण्डेले उनलाई मञ्जरीका लागि पत्याए। मञ्जरीका रूपमा गौरवले सुजाता कोइरालाको साथ पाइरहेका छन्। गणेशले 'एक्शन' भन्नेबित्तिकै उनीहरू रोमान्टिक गफ गर्न थाल्छन् अनि 'कट' भन्नासाथ चुप लाग्छन्।

प्रदर्शोन्मुख चलचित्र 'मालतीको भट्टी'का निर्देशक पाण्डेको निर्देशनमा बुटवलमा छायांकन भैरहेको चलचित्र 'मञ्जरी'मार्फत नेपाली चलचित्रमा अभिनेताको दोस्रो पुस्ता सम्हालेका गौरवको 'डेब्यु' हुँदैछ।

प्रेमकथामा आधारित उक्त चलचित्रबाटै सुजाता कोइराला पनि 'डेब्यु' गर्दैछिन्। पर्दामा गौरव र सुजाताको बिल्कुल नयाँ जोडी कत्तिको जम्ने हो, त्यो त पछिको कुरा हो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com