आउँदैछिन बिर्तामोडकी बिनिता I

चलचित्र क्ष्ाेत्रमा बिनिता बरालको चर्चा जारी रहेको बेला बिनिता नाम गरेकी अर्की नायिका यो क्षेत्रमा प्रवेश गरेकी छिन्। बिर्तामोड, झापाकी बिनिता घिमिरे नयाँ चलचित्र 'धूवाँ' मार्फत रजतपटमा डेब्यू गर्दैछिन्। यो चलचित्रमा उनी मोडलबाट नायक बनेका किरण लाकौलको अपो जिटमा छिन्।

५ फिट ४ इन्च अग्ली बिनिताले यो चलचित्रमा डेब्यू गर्नुअघि थुप्रै म्युजिक भिडियो, केही टेलिश्रृंखला तथा विज्ञापनमा अभिनय गरिसकेकी छिन्। कान्तिपुर टेलिभिजनको 'किलो ट्यांगो माइक' बिनिताले अभिनय गरेको पछिल्लो श्रृंखला हो। त्यसो त उनले चलचित्र 'मन परेपछि' तथा दुई भोजपुरी चलचित्रमा पनि स-साना भूमिका निर्वाह गरिसकेकी छिन्।

हाल नयाँ बानेश्वर निवासी बिनिता भन्छिन् — 'धूवाँ एउटा सामाजिक चलचित्र हो, यो चलचित्रमा म सेकेन्ड लिड रोलमा छुर म आफ्नो भूमिकाप्रति सन्तुष्ट छु।' बिनिताले यही चलचित्रबाट स्थापित हुने अपेक्ष्ाासमेत गरेकी छिन्। साप्ताहिक;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com