जन्मजात दाहिने खुट्टा अपाङ्ग I

नारीदर्पण डट-कम - हामी पनि केहि गर्ने की इनको लागि ! सेवा नै परम धर्म हो यधपी हामी आशाको सुन्दर सपनालाई निराशामा बदल्न बाट  रोक्न सक्छौं एक-जुट भएमा. तसर्थ  यिनको लागि केहि गरौँ न त  !!

काठमाडौं, असार १४ ,

पर्वतको शालिग्रामकी २० वर्षीया आशा सोनीलाई राजधानीका एक परिवारले दसहजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । जन्मजात दाहिने खुट्टा अपाङ्ग रहेकी सोनीको बारे यही असार ११ गतेको कान्तिपुर दैनिकमा समाचार छापिएपछि यसरी सहयोग जुटेको हो ।

ललितपुर उपमहानगरपालिका वडा नं.१४ तिखेदेवलस्थित विमला र मञ्जुलकुमार याक्थुम्बा लिम्बू दम्पत्तिले कान्तिपुर पब्लिकेसनमा सम्पर्क गरी सहयोग गरेका हुन् ।'आमा मानसिक रोगी, बाबुले अर्कै बिहे गरेको र माइलो बुवाको साथमा रहेर बैसाखीको भरमा कुम्लो बोकेर विद्यालय गएको देख्दा दुःख लाग्यो,' याक्थुम्बाले भने, 'कम्तिमा आशाले पढ्न पाउन् ।'

सोनी बैसाखी टेकेर हरेक दिन आधा घन्टा टाढाको स्कुल जान्छिन् । उनी स्थानीय शिला निमाविमा कक्षा ६ मा अध्ययनरत छात्रा हुन् । इकान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com