'गजल' I



जति तान्छु,यो मन यता,उतै जान्छ ,मोहनी पो लायौ कि?
गोरा मोरा, हुदाँहुदै,काले छान्छ ,मोहनी पो लायौ कि?

सोह्र हिउँद्,सोह्रै वर्षा, तरिआको, मै मोरी नि! राम्री छु
एना हेर्दा,झनै राम्री, रुपै ठान्छ,मोहनी पो लायौ कि?

कस्को छोरा,कस्को मान्छे,कस्को होला,तिमी माथी अधिकार्?
जस्को छोरा भएपनि,आफ्नै मान्छ ,मोहनी पो लायौ कि?

डर् लाग्छ कहिलेकाँही, भागी हिड्छु ,लुकीछिपी गरेर
तन् भागे नि, जबरजस्ती,मन् त तान्छ,मोहनी पो लायौ कि?

माया लाग्छ ,आजभोली त्यो कालेको ,छुट्नै डर लाग्दछ
छुट्ने कुरा ,सम्झियो कि,मुटु खान्छ, मोहनी पो लायौ कि?

बिना तामाङ 'सुनगाभा"
काठमाण्डौं:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com