गीत I



जति टाढा रहोस यो ज्यान याद गाउँ घरको,
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको

बादलु भै माथि उडी आकास टेक्न पाए,
नपुगे रै हुन्थे खुशी गाउँ घर देख्न पाए,
जाईजुई सुनगाभा त्यस्तै माया खरको
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको

बगी रहने मर्स्याङ्दी त्यो हेरी रहने हिमाल,
बाह्रै महिना फुल्छन मनमा गुराँस अनि सिमल,
प्यास मेट्ने कल धारा त्यो झल्को दुध मही तरको,
उस्तै झल्को आउछ सानु भञ्ज्याङ् पिपल-वरको

जति टाढा रहोस यो ज्यान याद गाउँ घरको,
उस्तै माया लाग्छ सानु भञ्ज्याङ् पिपल-वरको,

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com