नेपाल टेलिकमले चीनको हुवावे कम्पनीसँग ४८ लाख जीएसएम मोबाइल किन्ने सम्झौता

काठमाडौ, असार १२ ,

नेपाल टेलिकमले चीनको हुवावे कम्पनीसँग ४८ लाख जीएसएम मोबाइल किन्ने सम्झौता गरेको छ । टेलिकमले ६ अर्ब ७५ करोड रुपैयाँमा हुवावेलाई यो कामको जिम्मा दिएको हो । अब हुवावेले काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा मोबाइल पूर्वाधार निर्माणको काम गर्ने छ ।

यो कपनीको अहिलेसम्मकै ठूलो आयोजना हो । कम्पनीले सुरु गरेको एक करोड मोबाइल लाइन क्षमता बढाउने आयोजनामा ४८ लाख लाइनको जिम्मा हुवावेलाई दिएको हो । बाँकी रहेको ५२ लाख लाइन क्षमताको पूर्वाधार निर्माणको जिम्मा चीनकै अर्को कम्पनी जेडटीईलाई दिने तयारी टेलिकमको छ ।

'हुवावेले ४८ लाख जीएसएम मोबाइलका लागि आवश्यक उपकरण ल्याई जडान र सेवा सुरु गर्ने छ,' कम्पनी प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने, 'उसले दुई वर्षभित्र यो काम पूरा गर्नुपर्ने

छ ।' लामो समयदेखि मोबाइल क्षमता बढाउन नसक्दा देखिएको समस्यालाई यसले सम्बोधन गर्ने भएको छ । सिम नभएर वितरण नै रोक्नुपर्ने अवस्थामा पुग्न लागेको कम्पनीलाई आयोजना सञ्चालनमा आए प्रतिस्पर्धामा सहयोग पुग्ने छ । टेलिकमले सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले काठमाडौंको नेटवर्कलाई सुधार गर्ने योजना पनि यसमा छ ।

सोमबार भएको सम्झौतामा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंह र हुवावेका तर्फबाट कमर्सियल म्यानेजर लियानसेङ तथा सेल्स डिपार्टमेन्टका निर्देशक रुभेस झाले संयुक्त रूपमा हस्ताक्षर गरे ।

उपकरण जडान गरी सेवा सञ्चालन भएको ५ वर्षसम्म सम्पूर्ण मर्मत सम्भारको कार्य पनि हुवावेकै जिम्मामा हुने थिकेले बताए । 'दुई वर्ष आयोजना कार्यान्वयनको समय हो,' उनले भने, 'त्यसको ५ वर्ष मर्मत सम्भार गर्ने जिम्मा पनि हुवावेलाई दिइएको छ ।' यस सम्झौता अनुसार आगामी चार महिनाभित्र हुवावेले पहिलो चरणमा सम्पूर्ण उपकरणहरू जडान गरिसक्नुपर्ने छ ।

सम्झौता गर्न आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक सिंहले उक्त आयोजनाले टेलिकमका लागि ऐतिहासिक महत्त्व राख्ने बताए । यस आयोजनाको निर्माण कार्य पूरा भएपछि माग अनुरूप जीएसएम मोबाइल सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ । यसले बजारमा प्रतिस्पर्धा गर्न सहज हुने उनले

बताए । 'आयोजना समयमै पूरा हुने विश्वास लिएका छौं,' उनले भने, 'यसले उपभोक्तालाई अझ अत्याधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने छ ।' टेलिकमले एक करोड मोबाइल क्षमताको आयोजनाका लागि झन्डै १० महिनाअघि टेन्डर आह्वान गरेको थियो । चार महिनाअघि टेलिकमले ५२ लाख क्षमताको जिम्मा जेडटीई र ४८ लाख क्षमताको पूर्वाधार निर्माणको जिम्मा हुवावेलाई दिने निर्णय गरेको थियो । अब जेडटीईसँग पनि सम्झौताका लागि तयारी भइरहेको टेलिकमले जनाएको छ । 

टेलिकमले टुजी, थ्रीजी र फोरजी सबै प्रविधिका मोबाइल ल्याउने तयारी गरेको छ । पाँच वटै विकास क्षेत्रका लागि उक्त आयोजना दुई चरणमा सञ्चालन गर्ने तयारी गरेको छ । एक करोड क्षमतामा आधा क्षमता -५० लाख) को टुजी नेटवर्क बनाइने छ । ४५ प्रतिशत थ्रीजी नेटवर्क हुने छ । बाँकी क्षमताको फोरजी नेटवर्क बनाइने छ । जेडटीईले ५२ लाख मोबाइल लाइन मध्यमाञ्चल, पूर्वाञ्चल, सुदू पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलमा विस्तार गर्ने छ । कामको जिम्मा पाएका यी दुई कम्पनीले विराटनगर, वीरगन्ज, पोखरा र नेपालगन्जमा फोरजी

सेवाको पूर्वाधार निर्माण गर्ने छ । फोरजी प्रविधिमा उच्च गतिको डाटा सेवा उपलब्ध हुन्छ । यो विश्वको पछिल्लो मोबाइल प्रविधि हो । अहिलेसम्म सरकारले फोरजी पि|mक्वेन्सी बाँडफाँड समेत गर्न सकेको छैन । इकान्तिपुर:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com