गएको आइतबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनको डबलीमा हाकु पटासीमा सजिएका ३४ जना युवती हातमा कलः र अन्टी बोकेर आकर्षक नृत्य प्रस्तुत गर्दै थिए।
डबलीको एक छेउमा बसेर ज्यापु समुदायको परम्परागत मौलिक वाद्य वादन बजाएर बसेका संगीतकर्मीहरू को सुर ताल उनीहरूको कम्मर मर्काइले गजबको फ्युजन देखाएको हो। यो थियो पहिलो पटक आयोजित मिस ज्यापु-२०१२ प्रतियोगिताको प्रारम्भिक दृश्य।
आठौं राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर नासः मण्डलले पहिलो पटक संचालन गरेको ज्यापु समुदायका युवतीहरूका लक्षित यो प्रतियोगितामा प्रस्तुत उक्त स्वागत नृत्यपश्चात् सहभागी युवतीहरूले नेपाल भाषामा आ-आफ्नो परिचय दिएका थिए। त्यसपश्चात् उनीहरू नमुना कलेज अफ फेसन टेक्नोलजीमा अध्ययनरत विद्यार्थी डिजाइनरहरूले तयार पारेको हाकु पटासी प्रयोग गरी तयार पारिएको इभिनिङ गाउनमा प्रस्तुत भए। उत्कृष्ट पन्ध्रको छनौट हुँँदै अन्तिम पाँचमा पुगेका युवतीहरूले अन्तिम निणर्ायक प्रश्नको सामन गरेपछि विजे ताको निक्र्यौल गरिएको थियो।
कार्यक्रमका प्रमुख निणर्ायक फोटोग्राफर राजभाइ सुवालको 'एउटा परिवारमा आमा, छोरी र बुहारीमध्ये कसको भूमिका महत्वपूर्ण हुन्छ,' भन्ने निणर्ायक प्रश्नको सटिक उत्तर दिएर लैनचौर निवासी २१ वषिर्या सविना महर्जनले पहिलो मिस ज्यापु मुकुट पहिरिन्। उनलाई पूर्व मिस ने पालद्वय उषा खड्गी र सदीक्षा श्रेष्ठले संयुक्त रूपमा विजेताको ताज पहिर्याएका थिए। यसअघि मिस नेवाः २००७ प्रतियोगिताका मिस ट ्यालेन्ट एवार्ड विजेता रहिसकेकी सविनाले यो प्रतियोगितामा पनि मिस ट्यालेन्ट एवार्ड प्राप्त गरिन्। प्रतियोगितामा नरदेवी निवासी २३ वषर्ीया रुना महर्जन विजयी भइन्। रुनाले मिस पर्सनालिटी र वेस्ट ड्रेसको एवार्डसमेत हात पारेकी थिइन्। रुनाको पहिरन तयार पारेकी नमुना कले जकी डिजाइनर निहारिका डंगोलले बेस्ट डिजाइनरको एवार्ड हात पारिन्। यट्खा बहालकी १८ वषर्ीया सविना महर्जनले भने सेकेन्ड रनर्सअप घोषित भइन्।
मनिष शाक्यको कोरियोग्राफीका सञ्चालन भएको उक्त प्रतियोगिताको अन्य एवार्डतर्फ रोशनी महर्जन वेष्ट स्माइल, सर्जुना महर्जन मिस प|mे न्डसिप, शान्ता डंगोल वेस्ट पपुलारिटी, विद्या लक्ष्मी महर्जन बेस्ट भिअर च्वाइस, पूजा महर्जन फोटोजेनिक, रोजिता महर्जन डिसिप्लिन उपाधिका विजेता छानिएका थिए। यसैगरी अमिना प्रजापतिले मिस कल्चुरल, रोजिना डंगोलले मिस एगि्रकल्चुरल, एलिसा महर्जनले मिस ट्रे डिसनल फुड तथा कल्पना महर्जनले मिस बेस्ट नेपाल भाषाको उपाधि जितेका थिए। साप्ताहिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै