यशिन राइ, काठमाण्डौं, हाल इज़रायल :
कुरा यहीं शनिबार बेल्काको हो, म गए ९-दिन देखि अस्पताल र अपार्टमेन्ट ओहर-दोहरमा अभ्यस्त छु : यो गर्मीमा आउ-जाउ गर्न सजिलो काहाँ छ र तर आफ्नो काम नै यस्तो कि चाहे हुरी-बतास झरी नै किन न-आओस ड्युटी त गर्ने पर्यो ! खैर, म मेरी हजुर आमा कुन दिन डिस्चार्ज हुन्छिन होला भनि हर-पल गनी-२ समय सँग चल्दैछु , गए शनिबार....
हामी सबैलाई थाहा भएकै कुरा हो शनिबार अबेर बस खुल्छन (शब्बात पछी) म तेल शोमेय अस्पताल बाट ढिलै गरि निस्के अपार्टमेन्ट जान किन्कि मलाइ येक्ज्यतली था...हा नि थिएन त्यहाँ तखाना (बस स्टेसन) मा बस कति बजे बस आइपुग्छ भन्ने साँझ सुन्दर आँचलले पृथ्वी लाइ सप्को मारी सकेको थी ई न यसो हेरे २/३ जना बटुवा म जस्तै आफ्नो गन्तव्यमा पुग्न बस नै कुर्दै थे ! मन ढुक्क भो बिरानो शहरमा व्यक्ति जन्तुको दर्शन ले एक-प्रकारको साहस नै मिल्दो रहेछ नचिनेको नै किन नहोस ! इज़रायल लाइ नारी-प्रधान देश पनि भनिन्छ र यहाँ कसैले पनि जिस्क्याउने दुस-साहस गर्दैनन नियम निकै कडा छ ; यसैले पनि हामी जस्ता फरेन वर्कर लाइ ढुक्क छ , हामी जुन सुकै समयमा हिड्न सक्छौं : यसैले महिलाहरुको लागि बिशेस सुरक्षित पनि मानिन्छ इज़रायल : र छ पनि :
म पनि अलग्गै उभिएर बस पर्खे करिब आधा घन्टाको प्रतिक्ष पछी बस स्वार्र्र्र्र्र्र्र्र ........आइपुग्यो ठुलो साहस आयो लौ अब आफ्नो गन्तब्यमा पुगिने भइयो ! त्यहाँ उभिएका , बसेका सबै पसे र म पनि....! पैसा दिएर सिटमा बसे : मनमा नानाथरी कुराहरु खेल्दै थे....मान्छेलाई परिस्थिति ले कत्ति सम्म कस्दो रहेछ र खुम्च्यौदो रहेछ, विवस् बनाउदो रहेछ आफ्नो सबै परिवार बाट कोसौ दुर यस बिरानो ठाउँ मा......भाग दौड म जस्ता हजारौं नेपालि दिदी बहिनि , दाजु भाइ हरु सुन्दर सपना स्मृतिमा सजाई आउनु भएको छ याथार्थ्मा उतार्न :...............र म पनि त्यसै हुल-मुलको भुमरीमा आशाको रस्सी अंकुश लाउन दौडदै छु :
बस आफ्नै गतिमा अघि बडी रहेको थियो अरु बेला भन्दा केहि बडी रफ्तारमा किनकी आज शब्बात त्यति सवारी साधन हरुको चाप हुन्न ! तेस्रो स्टेसन मा आइपुगे पछी थुप्रै मान्छेहरुको हुलमा एक-बच्च र आमा नि चढे : म मान्छे हरु चडेको कोहि गफ गर्दै गरेको त कोहीं फोनमा बोल्दै गरेको सबै आ-आफ्नै धुनमा रहेको हेरी रहेकी थिए...उनि आप्रवासी थी ई न , म उनलाई हेरेर सजिलै अडकल बाजी लाउन सक्थे किनकी उनि काली-२ थी ई न....उनि अफ्रिकन हुन् !
ती दुइ आमा छोरी मेरै सिट अगाडी बसे : बस्न साथ सल ले आफ्नो मुख छोपेर उनि खुब रोइन कसैले थाहा नपाउने गरि आफ्नो लाज लुकाउदै थी ई न तर ती छोपिएका लाज स्पष्ट देखिन्थियो : मेरो मन अत्यन्तै अमिलो भएर आयो ती महिला घुक्क-२ रुएको देख्दा चुप-चाप नदेखे झैं गरे : अघि निन लाग्न आँटेको थियो त्यो कता हरायो बिलायो, उनको सानी बच्ची ले सुम-सुम्यौदै मामा-मामा भनिन त्यस क्षण उनि त्यस बच्चीलाई अँगालो मारेर मुवाई खाइन अनि आफ्नो अविरल आँशुलाई लुकाने चेस्टा गर्दै थी ई न आफ्नी अबोध बालिका र हामी सबै अपरिचित सँग नि !
अनुहार छोपेर त रो ई न तर जुन हातले आँशु पुच्छिन त्यो हात धारिलो छुरीले काटिएको थियो उनि त्यसलाई नि लुकाउन खोज्दै थी ई न तर त्यो पर्दा उग्रिएको तस्विर झैँ देखिसकेको थियो : हामीलाई उनि किन रोइ रहेकी छिन भन्ने लख काट्न गारो थिएन, उनलाई आफ्नै श्रीआनले हतियार प्रहार गरेको रहेछ : र उनि आफ्नता काँ जान्दै थी ई न ! उनि रोएको देखेर कता-२ मेरो आँखा नि आँशुले भरिएको महसुस गरे, म अरुको दुख देख्न सक्दिन र निकै छिटो भाबुक हुन्छु ! मेरो एउटै इन्टेन्सन जाग्यो त्यो उनको घाउँमा टेप लगाउँ भनेर दिने तर कसरी एउटा अन्जान शहरको अन्जान महिला तर हुन् त उनि एक-महिला, कसैको छोरी, श्रीमती, बुहारी अनि आमा : म उनि सँग कसरि बोलु र भो किनकी म सँग ब्यान्डेज थियो त्यो धारिलो हतियारले काटेको ठाउँमा लगाई दिन पाए हुन्थियो......!
बस आफ्नै गतिमा गुडी रहेको थियो, उनि रुन अलि कम भए पछि म आफुलाई थाम्नै सकिन र मुसुक्क हास्दै सरक्क हात तेर्स्याए ल यो ब्यान्डेज लगाउ तिम्रो घाउँमा भनेर दिए...बिचमा बा केहि भन्ने पो हुन् कि नचिनेको मेरो दुखमा खिल्ली उडाइस तलाई के मतलव पो भन्ने हुन् कि दर पनि आग्यो तर हिम्मत जुटाएर दिए जेसुकै होस् त्यो घाउँ हेर्न सकिन र दिए उनले अलि कति अप्ठेरो मान्दै धेरै-२ धन्यवाद भनिन र लगाइन बिचित्रको देखिएको त्यो घाउँ छोपिन पाखुराको त्यो दुइ दृष्य आलो थियो र सिम-२ रगत नि बग्दै थियो भित्रको बोसो नि हल्का देखिन्थियो...!
त्यो ब्यान्डेज लगाए पछी उनि फेरी रोइन..सायद लाग्यो होला उनलाई आफ्नै ले चोट दिएर गलहत्याएको त्यस क्षण मा कुनै अपरिचित ले दया देखाउँदा मन पग्लिएको हुनु पर्छ फेरी केहि क्षणको रुवाइ पछी शान्त हुँदै आफ्नो सत्य छल्न खोज्दै भनिन छोरी भएर जन्मेकोमा दुख लागेको छ : फेरी जन्म पाए छोरी भएर नजन्मु........म अवाक् भए.....किनकी म पनि कहिले काहीं यस्तै सोचने गर्छु कि म किन छोरी भएर जन्मेको होला फेरी जन्म पाइएमा प्रभु मलाइ छोरी नबानाउनु होला भन्ने पनि गर्छु....!
म उनको मुहार त्यो क्यानभाषको धमिलो तुवालो भित्र निस्तिएको देखे कतै हासो हराएको त्यो परि दृष्य स्मृतिमा छलांग मार्न थाले...बोल्न सकिन यत्तिकेमा तखाना खादाशा (नयाँ बस स्टेसन) भनेर माथि सिस्टमले फुकेको झ्वाट सुने र उनलाई नबोलेरै एक्स्ट्रा २/३ ओटा ब्यान्डेज दिएर आफ्नो ब्याग च्यापेर निस्के उनले धेरै-२ धन्यवाद भन्दै थी ई न म बस थोरै हासेर टाउको मात्र हलायेर लुखुर-लुखुर अपार्टमेन्ट तिर अगे बढे.....!!
प्राकृतिक रुपमा कम्जोर मानसिकता संसार मै छ , रहेछ....कि स्त्रीलाई निर्बल को तराजुमा तौलने... मनमा नानाथरी कुराहरुको चलखेल.....हो महिलाहरु संसारमा पीडित छन तर बडी र कम, फरक यत्ति छ : महिलाहरु बिकसित देशमा पनि पीडित छन : जब सम्म नारीको कदर हुन्न तब सम्म समाज माथि उठ्दैन:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै