निशुल्क स्वास्थ्य शिबिरमा विरामीको भीड I

पाल्पा, असार १३,

पाल्पाको पूर्वी भेगमा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र रामपुरमा चलेको बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिबिरमा विरामीको भीड लागेको छ। उपचारका लागि पाल्पाका दर्जन गाविसबाट र नवलपरासी, स्याङ्जा र तनहुँका गाउँहरुबाट समेत विरामी आएका बताइएको छ।

स्वास्थ्य सेवा विभाग, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयको आयोजना, जिल्ला स्वास्थ्य कार्यालय पाल्पा, प्राथमिक स्वास्थ्य केन्द्र रामपुरको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको प्राबिधिक सहयोगमा शिविर आयोजना गरिएको हो। पहिलो दिन ९ सय ५५ जनाले सेवा लिएको शिबिरमा दोस्रो दिन १ हजार ६ सयले स्वास्थ्य परिक्षण र उपचार पाएका छन्।

शिबिरमा निशुल्क स्वास्थ्य परिक्षण, जनरल सर्जरी सेवा सहितको दाँत, नाक, कान, घाँटी, छाला, स्त्रीरोग र छाती रोग सहित स्वास्थ्य परिक्षण, उपचार एवं निशुल्क औषधी बितरण भइरहेको पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका मेडिकल अधिकृत डाक्टर लक्ष्मण बास्तोलाले बताए। थप उपचार गर्नुपर्ने विरामीलाई लुम्बिनी मेडिकल कलेज प्रभास र मनिपाल अस्पताल पोखरामा रिफर गरिएको उनले बताए।

बुधबारसम्म चल्ने शिबिरमा १६ जना डाक्टर सहित ४५ जना स्वास्थ्यकर्मीको टोली र ३५ मुलआयोजक समिति सदस्य खटिएका छन्। NG:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com