(सत्य कथामा आधारित)
भोलि पल्ट बिहान (१४ गते ) म उठेर चिया खाएर साथी हरु लाइ भेट्न गए । भेषराज ,इन्द्रराज र म नवमी जाने तयारी गरयौ । खाना खाएर करिब ९ बजे तिर हामी ३ जना नवमी तर्फ प्रस्थान गरयौ । करिब ३ घण्टा जति हिडेपछि नवमी पुगिन्थ्यो हामी १४ गते को दिन को १ बजे तिर नवमी पहिले बसेको कोठा मा पुग्यौ । तारादिदि हरु को घर मा जो कोहि पनि आएको गएको उनको घर बाट सबै देखिन्थ्यो । हामी त्यहाँ पुगेको
उनले देखिछिन ।
भुइँ मा मम्मी बाबा दाइ हरु अनि अरु ३/४ जना गफ गर्दै बसिरहेका थिए । उनि माथि कोठाको झ्याल बाट हामी आएको देखेर हात मा एउटा डाइरि लिएर तल झरेर सिदै हामी भए तिर अघि बढ्दै थिइन तर बाबा मम्मी हरु ले हामी लाइ देखेनन | उनी हरु गफ मा ब्यस्थ थिए तेसैले होला । हामी सिदै कोठा तर्फ बढ्यौ भित्र पुग्दा नपुग्दै निरु त्यहाँ आइपुगिन । आन्टी ले चिया बनाउदै हुनुहुन्थ्यो निरुले बाहिर बाट मलाई आखाको इसाराले बोलाइन महिले उनलाई भित्रै आहुन भने । आन्टी ले चिया लिएर आउनु भयो हामी सबै चिया पिउन थाल्यौ । उनले आज पनि मेरो गिलास को चिया पिइन चिया पिइ सकेपछि हामी बाहिर निस्कयौं । तारा दिदि हरु को घर बाट माथि डाडा थियो त्यो डाडा लाइ लब डाडा भन्दा रहेछन । निरुले मलाई लब डाडा तिर जाउ भनिन अनि हामी दुवै जना लाग्यौ लब डाडा तिर ।
२ मायालु एकान्त मा बसेर माया प्रिती का कुरा गर्दा त समय बितेको पनि पत्तै नहुदो रहेछ । साँझ ६;३० सम्म हामी दुवै जना त्यहाँ माया प्रिती का कुरा साटासाट गर्दै ब्यस्त थियौ । उनि अझै गफ गर्न २ जना संग बसिरहन भन्दै थिइन तारा मैले उनलाई सम्झाए । निरु तिमीलाई पनि घर मा कता गइ भनेर खोज्दै होलान अब जाउ घर तिर भोलि कुरा गरौला नी हुन्न ? उनि मानेकी थिइनन् तै पनि उनलाई सम्झाएर हामी
घर तर्फ लाग्यौ । कोठा आउदा आन्टी ले खाना तयार गरि सक्नु भएको रहेछ । निरु घर गएर फेरी तुरुन्तै आइन ।
आन्टी ले हामी सबै लाइ खाना खानको लागि बोलाउनु भयो । उनि पनि म संगै बसेर त्यहाँ नै खाना खाइन । हामीले बैसाख २२ गते गजुरमुखी जाने सल्लाह पहिले नै गरेका थियौ । ४ दिन देखि खाना खाएकै थिइनन रे उनले त्यो दिन म संगै बसेर खाएकी रे ४ दिन मा । यो माया भन्ने चिज पनि कस्तो होला कुन्नि खै भोक
तिर्खै हराउने है ?
कुरा कानी चल्दै जादा उनले मलाई एउटा प्रस्ताब राखिन ---- अब म हजुर बिना एकै छिन पनि एक्लै बस्न सक्दिन । घर मा पनि मम्मी ले गाली मात्र गर्नु हुन्छ । दादा हरुलाई थाहा भयो भने मलाई पिटछन् घर बाट कतै हिड्न दिनैनन म त हजुर संगै जान्छु लिएर जानुस मलाई । ४ दिन बिताउन त ४ साल झैँ भएको छ मलाई । गजुरमुखी जाने हाम्रो सल्लाह मा म आउन पाउदिन मलाई एक्लै हिड्न दिन्नन घर बाट | अब
हजुर आफै भन्नुस म के गरौ ?
एक्कसी उनले येस्तो कुरा गर्दा म त झसङ्ग भए । र उनलाई सम्झाए किन येस्तो हतार मा निर्णय लिएकी निरु तिमीले ? अहिले हाम्रो उमेर सानै छ अझ पढाई पनि त बाकि नै छ । हामी पड्नु पर्छ अगाडी बढ्नु पर्छ पहिले आफ्नो खुट्टा मा उभिनु पर्छ अनि मात्र बिबाह को कुरा सोच्नु पर्छ होइन र ? अनि अर्को कुरा मैले पनि त घर मा सरसल्लाह गर्नु पर्छ आफ्नो मात्र निर्णय ले त हुन्न नी , हुन त मेरो परिवार बाट तिमीलाई स्विकार गरि सक्नु भएको छ । तर तेसो भन्दै मा हामी ले यति चाडै तेस्तो निर्णय लिनु ठिक होइन ।
भर्खर परिक्षा सकियो अब रिजल्ट आहुन पनि त बाँकी छ । मैले यति भन्दा नभन्दै उनि जिद्दी गर्न थालिन् । नाइँ म त हजुर बिना एकछिन पनि बस्न सक्दिन । पढाई त हामी बिहे पछि पनि त अघि बढाउन सक्छौ नी हुन्न र ? मैले उनलाई धेरै सम्झाए तर अन्त्य मा मेरो केहि चलेन र आखिर बैसाख २२ गते हामी गजुरमुखी जाने भनेको दिन उनले भाग्ने बन्दोबस्त मिलाउन को लागि भनिन । करिब रात को १२ बजे तिर उनि यो निर्णय बनाएर घर तर्फ लागिन ।
भोलि पल्ट १५ गते म र साथी हरु घर आउन तयारी भयौ । निरु ले मलाई फेरी मादेबुंग मा आउन को लागि भनिन तारा दिदि ले पनि जसरि भए पनि आउनुस ल भनेर बिहानै बेसी तर्फ जानु भयो । आखिर केहि लागेन मेरो बेसी जान कर लाग्यो । मैले साथी हरु लाइ बेसी तिर जानको लागि भने साथी हरु ले पनि हुन्छ भने अनि हामी तिनै जना त्यहाँ बाट अंकल आन्टी संग बिदा मागेर लाग्यौ बेसी तर्फ । बाटो लामै भए पनि हामी
तिनै जना गफ गर्दै जाँदा कति चाडै बेसी मा पुगिएछ । बेसी पुग्दा निरु पनि अर्कै बाटो बाट त्यहाँ आइसकेकी रहिछिन । हुन त म मात्र होइन मेरा साथी हरु पनी माया जाल मा परि सकेका थिए ।
भेसराज अनि तारा दिदि र इन्द्रराज अनि कल्पना पनि माया जाल मा बाधिएका थिए । त्यसैले त उनि हरु पनि मैले जे भने पनि हुन्छ भनेर मलाई साथ दिदै जान्थे नी । येस्तै माया प्रिती का कुरा गर्दा गर्दै फेरी हामि छुटिने समय आइपुगेछ समय पनि कति चाडो बित्दो रहेछ जब २ मायालु जोडी साथ मा हुन्छन......क्रमश:
निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :