निस्ठुरी निरु - कथा (चौथों भाग) I


(सत्य कथामा आधारित) 

.....दिन भर हिडेको ले म धेरै थाकेको थिए गीत सुन्दा सुन्दै म भुसुक्कै निदाएछु । भोलि पल्ट बिहान उठेर हात मुख धोएर म चिया पिउन आए मेरी काइली भाउजू ( पवित्रा ) ले मलाई चिया ल्याएर दिनु भयो । म चिया पिउन थाले चिया पिउदा पिउदै म त टोलाउन थालेछु पवित्रा भाउजु ले मलाई सारै नै माया गर्नु हुन्थ्यो । भाउजु को भाई र म संगै पढ्थ्यौ ।

तेसैले भाउजु ले मलाई आफ्नै भाई जस्तै लागेर होला धेरै नै माया गर्नु हुन्थ्यो । म तेसरी टोलाएको देखेर भाउजु ले संका गर्नु भयो । बाबु किन टोलाउनु भएको ? कतै परिक्षा दिन जादा कसै संग ........ चिया सेलायो त पिउनुस न? म झस्किए अनि हतार हतार भने तेस्तो केहि होइन भाउजु पिउदै छु त । तर मैले पवित्रा भाउजु लाइ केहि कुरा पनि लुकाउदिन थिए ।

नवमी मा भएको सबै कुरा भनि दिए । निरु ले दिएको त्यो फुल मैले रूम मा नै राखेको थिए भाउजु ले देख्नु भएको थियो । यो कसले दिएको ? भाउजु ले सोध्नु भयो । निरुले मैले भनि दिए फेरी भाउजु ले मलाई भन्नु भयो यसको अर्थ के हो बाबु हजुर लाइ थाहा छ ? मलाई थाहा थिएन अनि मैले सोधे के हो भाउजु भन्नु न प्लिज ...। मैले जिद्दी गरे पछि भाउजु ले भन्नु भयो यो कसैले कसैलाई मन पराएको छ वा उसलाई माया गर्छ भने दिन्छन रातो गुलाब प्रेम को प्रतिक हो एसको अर्थ उनले हजुर लाइ माया गर्छिन ।

नवमी छोडेर आएको २ दिन पछि म स्कूल तिर गए । स्कूल को मास्तिर तारा सर हरु को घर मा हुलाक थियो । म एकछिन स्कूल मा सर हरु संग भेट गरेर हुलाक तिर लागे । त्यहाँ मेरो नाम मा एउटा पत्र आएको रहेछ पठाउने को नाम थिएन जीतपुर नवमी मात्र लेखिएको थियो । मलाई थाहा भयो यो पक्कै पनि निरु को नै काम हो । एकछिन दोकान मा बसेर म गंगा को घर तिर आएँ । माथि गंगा को कोठा मा गएर पत्र खोलेर हेरे उनले नै पठाएकी रहिछिन ।

१० गते हामी छुटेका थियौ १३ गते त्यो पत्र हात पर्यो । पत्र मा लेखिएको थियो --- हजुर हिडेको दिन देखि मैले खाना पनि खाएको छैन भोक पनि लाग्दैन रात मा निन्द्रा पनि लाग्दैन । हजुर को फोटो सिरानी मुनि राखेर सुत्छु । चाडै आहुनुस ल मलाई कहिले देखु देखु लागि रहेको छ । मम्मी ले हजुर को फोटो भेट्नु भयो सिरानी बाट मलाई खाली गालि मात्र गर्नु हुन्छ | बाबा दादा लाइ भनिदिन्छु भनेर मलाई डर मात्र देखाउनु हुन्छ । अब मलाई घर बाट कतै पनि एक्लै हिड्न दिदैनन ।

हाम्रो सल्ला अनुसार गजुर मुखी आउँन पनि मलाई दिदैनन दिए पनि दादा लाइ साथ मा पठाउनु हुन्छ म त हजुर बिना एकछिन पनि बाच्न सक्दिन । २२ गते भन्दा पहिले नै हजुर मलाई भेट्न आउनुस ल !!! रुन मात्र मन लाग्छ खाली हजुर लाइ सम्झेर दिन रात बिताउदै छु । सम्भब भए यो पत्र पाउने बित्तिकै आहुनुस ल प्लिज !!! जसरि भए पनि आउनुस है पत्र पाउने बित्तिकै ल ।

म पत्र पड्दै थिए गंगा पनि आइपुगी म गंगा लाइ केहि कुरा पनि लुकाउदीन थिए मैले ला पढ भनेर पत्र उसलाई दिए । उसले पनि पत्र पढी अनि मलाई भनि -- त भोलि नै जा नवमी । हुन त नाता ले गंगा मेरी भतिजी हो तर हाम्रो उमेर अनि सानै देखि संगै खेलेर हुर्केको ले गर्दा उसले मलाई काका भन्दिन थि नाम बाट नै बोलाउथी त नै भन्थी ।

मैले पनि उसको सल्लाह माने अनि १४ गते जाने निधो गरे । किताब हरु पनि उतै थिए । म अनि भेषराज र इन्द्रराज १४ गते नवमी जाने भयौ । उनि हरु संग सल्लाह गरेर बेलुकी पख म घर तिर आए । घर मा आएर पबित्र भाउजु लाइ सबै कुरा भने पत्र पनि दिए हेर्नु भनेर । भाउजु ले पत्र हेर्नु भयो बेलुका खाना खाने बेलामा सबै भएको ठाउँ मा भाउजु ले मेरो र निरु को बारेमा सबै कुरा गर्नु भयो । मेरो परिवार मा पनि सबैले उनलाई स्विकार्ने सल्लाह भयो । मेरो र उनको माया मा कोहि पनि तगारो थिएनन मेरो परिवार बाट..............क्रमश:


निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com