निस्ठुरी निरु - कथा (तेस्रो भाग) I


(सत्य कथामा आधारित)

म र भेषराज नुहाउन धारा तर्फ लाग्यौ । नुहाएर फर्कदा निरु को घर को बाटो फर्कनु पर्थ्यो । हामी आएको देखेर उनले एकछिन रुक्नुस भनिन उनले हात मा रातो गुलाब को फुल लिएर म भए ठाउँमा आइन र मलाई दीइन । मैले त्यो फुल लिए अनि हामी कोठा तर्फ लाग्यौ ।

कोठामा आएर घर हिड्ने तयारी भयो । सबै को बाटो अलग अलग थियो मुना दिदि र सरिता को एउटै बाटो थियो उनीहरु हिडे । म इन्दिरा गंगा इन्द्रराज र भेषराज को एउटै बाटो थियो । हामी पनि घरबेटी आन्टी संग बिदा मागेर त्यहाँ बाट हिड्यौ । तारा दिदि बिहानै बेसी जानु भएको थियो जाने बेलामा तारा दिदि ले म बेसी मा खाना बनाउछु उतैबाट आहुनुस ल सबै जना भन्नु भएको थियो ।

हामी सबै जना मादेबुंग ( तारा दिदि हरु को बेसी ) तर्फ अघाडी बढ्यौ । करिब २ घण्टा जति हिडे पछि ११ बजे तिर हामी बेसी पुग्यौ । त्यहाँ पुग्दा तारा दिदि ले खीर  बनाएर राख्नु भएको रहेछ अनि निरु पनि त्यहाँ आएकी रहिछिन मलाई थाहा नै थिएन उनि पनि त्यहाँ आउछिन भनेर । उनलाई पनि त्यहाँ देख्दा म त छक्क परे । पहिले देखि नै उनीहरु ले सल्लाह गरेका रहेछन अनि पो तारा दिदि ले बोलाउनु भएको रहेछ त ।

दिदि ले खिर पस्कनु भयो त्यहाँ पनि मलाई र निरु लाइ एउटै थाल मा पस्कनु भयो । सबै साथीहरु खान थाले हामी पनि दुवै जना खान थाल्यौ । खाना खाइ सके पछि निरु ले एकछिन गफ गर्न जाउ न एकान्त मा भनेर मलाई इसारा गरिन । हामी दुवै जना अलि पर गएर माया प्रिती का कुरा गर्न थाल्यौ । गफ लामै चल्दै थियो त्यसैबेला सुस्मा ( तारा दिदि को भदैनी) एउटा गीत गुन्गुनाउदै पोखरी को डील तिर आउदै थिन । उनि गुनगुनाउदै थिइन ----- देउराली को पाखैमा फेवाताल को आखैमा कान्छा कान्छी लुकी लुकी माया गासेको sssssssssssssssssssssssssssssss.........

साच्चै  नै यो गीत ले हामी दुइ  बिच को यथार्थ बताई रहेको थियो । उनि अझै पनि गुन्गुनाउदै थिइन । करिब ३ घण्टा हामी बिच कुरा कानी भयो । दिन ढल्कदै थियो निरु अब हामी जान्छौ ल ? मैले सोधे निरुले एक्कासी मलाई अंगालो हालिन् र रुन थालिन । मेरा पनि आँखा रसाउन थाले तै पनि मन दह्रो बनाएर मैले भने - यसरी किन धेरै पिर गर्छौ निरु हाम्रो भेट भै हाल्छ नी अहिले त हामी छुटिनु पर्छ नी रात पर्न
लाग्यो अब हामी जान्छौ एक हप्ता पछि फेरी आउँछु किताब हरु लिन आउनु छ अनि भेटौला नी फेरी हुन्न ? उनि झन भक्कानिन थालिन् ।

तेतिकैमा रेडियो मा एउटा गीत बज्न थाल्यो -- जोडी ढुकुर एकै साथ नहुदा डाँडा काँडा रसायो म रुदा ...... जे भए पनि त्यहाँ बाट छुटिनु नै पर्थ्यो मैले उनका हात हरु ले मलाई बाधिरहेकी थिइन । जसो तसो म उनि बाट बिदा मागेर त्यहाँ बाट साथीहरु संग घर तर्फ लागें ।

साझँ को ५ ; ३० बजे तिर हामी घर पुग्यौ । साथी हरु सबै आफ्नो आफ्नो घर तिर लागे । मलाई मन मा कस्तो कस्तो नरमाइलो लागि रहेको थियो । यो माया भन्ने चिज नी कस्तो होला है ? साथ हुँदा हसाउने अलग भए पछि रूहाउने । बेलुका को खानपिन भए पछि म कोठा तर्फ लागे । रेडियो मा गीत बज्दै थियो ----- मेरी माया फुल जस्ती बस्दि होलिन ९ डाँडा पारि ...........................क्रमश:


निर्मल रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया, मरुभूमि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com