शेर्पा कला-संस्कृति, वेशभूषा एवं रीतिरिवाजको प्रचारप्रसार गर्ने उद्देश्यले मिस शेर्पाको खोजी कार्य प्रारम्भ भएको छ। शेर्पा समुदायका युवतीहरूलाई आफ्नो संस्कृति र परम्पराप्रति जागरूक गराउने उद्देश्यले मिस शेर्पाको आयोजना गर्न लागिएको कुरा शेर्पा फेशन होमका निदेर् शक निमा शेर्पाले जनाएका छन्।
शेर्पा समुदायका एसएलसी उत्तीर्ण, कम्तीमा ५ फिट अग्ला १६ देखि २५ वर्षसम्मका युवतीहरूले प्रतियो गितामा सहभागिता जनाउन सक्छन्। यो प्रतियोगिताको अडिसन यही जेठ १९ गते तय गरिएको छ भने प्रशिक्षण कार्यले जेठ २३ देखि गति पाउने बताइएको छ।
प्रशिक्षणका क्रममा सहभागीहरूलाई व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिनुका साथै शेर्पा समुदायको मौलिक कला, संस्कृति, वेशभूषा तथा रीतिरिवाजका बारेमा पनि जानकारी गराइने आयोजक संस्थाले जनाएको छ।
आयोजकहरूका अनुसार मिस शेर्पा २०१२ की विजेताले सिल्भर क्राउन, नगद पुरस्कारसहित नेपाल शेर्पा संघले प्रदान गर्ने शेर्पा कल्चरल एम्बेसडरको उपाधि पनि प्राप्त गर्नेछिन्। त्यसैगरी फस्ट रनर्सअप तथा सेकेन्ड रनर्सअपले सिल्भर क्राउन प्राप्त गर्नेछन्।
यसका साथै मिस ट्यालेन्ट, मिस वेल ड्रेस, मिस पपुलर, मिस फोटोजेनिक आदि विधामा पनि पुरुस्कार प्रदान गरिनेछ। गत वर्षसम्म कला-संस्कृति संरक्षण केन्द्रले आयोजना गर्दै आएको मिस शेर्पा प्रतियोगितालाई यस वर्षदेखि शेर्पा फेसन होमले निरन्तरता दिन लागेको हो। मिस शेर्पाको यो तेस्रो सिजन हो। साप्ताहिक:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै