एउटै गोरेटोको यात्री हामी हिड्दा हिड्दै बाटो फरक भो/
एउटै धड्कनको स्वास आज जिन्दगीको पाटो फरक भो//
खाएर सिस्नु खोले भोक मेट्थ्यौ हासी खुशी एक अर्का,
धनैको किनारमा छुट्यौ र त हाम्ले खाने आटो फरक भो//
लागेर चोट आत मेरो दुख्दा भेल झारी रुन्थ्यो नयन त्यो,
बद्लेछ समयनै बैरी बनि आशु संगै खाटो फरक भो//
....माया त एउटै पो हुन्छ भन्थे प्रेम गर्नेहरू जै'ले पनि,
दुख्दा म हास्छौ अरे तिमी,किन?बिगतका टाटो फरक भो//
रोएर बसें एक्लै पिडा छोप्दै मुटु भरि प्रहार लाग्दा त्यो,
सहन्छु दुखाई यो खशी माग्छु तिम्रो यै'त साटो फरक भो//
कल्पना राई
दोलखा नेपाल
हाल-दक्षिण कोरिया