गजल - जिन्दगि का मोड हरु

थोरै सुख धेरै दुख जिन्दगि का मोडहरु , उकुसमुकुस भै हिडेको खाइ अनेक चोटहरु !
सिधा बाटो लाग्न खोज्दा घुम्तीमै रोकिन्छु , अनायासै दुनिया को खाछु थुप्रै चोटहरु !!

हिउद बर्सा तातोचिसो जाडो छेलने गरि , बर्सौ भए नफेरेको एकसरो कोट हरु !
आजीवन पराइको सेवा गरे पनि यस्तै , छैन देख्नु कहिल्येई रुपैयाका नोटहरु !!

यात्रा झरी बादल खडेरी ती मौसमसंगै , रोपिएन पालुवा आउने जिन्दगिका बोटहरु !
आफ्नै मान्छे पराई झैँ टाढा हुन खोजे पछी , लोकप्रिय हुदा पनि पाइन मैले भोटहरु !!

थोरै सुख धेरै दुख जिन्दगि का मोडहरु , उकुसमुकुस भै हिडेको खाइ अनेक चोटहरु !
सिधा बाटो लाग्न खोज्दा घुम्तीमै रोकिन्छु , अनायासै दुनिया को खाछु थुप्रै चोटहरु !!

निर्मल रायमाझी ,सेतिपानी झापा नेपाल :
 हाल, साउदी अरेवीयाको मरुभूमि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com