देश दुख्न छोडी-सक्यो,परिस्थितले कोल्टे मोडी सक्यो :
गालि खाएर तालि पाउने नेताहरुले बचन तोडी सक्यो :
वेवस जनताले बाध्याता संग फेरी नाता जोडी सक्यो :
पिसिएर बार-२ नेताको घट्टामा आइय भन्न छोडी सक्यो :
जनता गाउँन थाले फेरी पुरानै गीत नयाँ सपना देख्न छोडे :
मिठो रसवरी-सरि भाषण सुनी दुखेको घाउँ अब लेप्न छोडे :
मूल्य छैन कुनै जन-बलिदानको भन्ने आज शाबित भयो :
तमासाको नित्य देखाए नेताले स्वार्थ पुरा गर्नमै हावी भयो :
नउठ्नै गरि आज देश ढलाए, दूध चुसेर त्यहि छातीमा आगो जलाए :
रगतले पोतिएको जीतरुपी माला पहिरी, इतिहासको तमासा बनाए :
सुनिता राइ : (यासिन)
काठमाण्डौं, हाल-इज़रायल: