नेपालगन्ज, जेठ ६,
बर्दियाको मोतिपुर गाविस ६ पिपलटाढिका महिलाहरु मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् । सगरमाथा आमा समूहमार्फत उनीहरुले मदिरा सेवन गर्ने र विक्री वितरण गर्नेलाई कारवाहीसमेत गर्दै आएका छन् ।
एक महिना अघिदेखि उनीहरुहरुले समूहको निर्णय अनुसार मदिरा बेच्नेलाई ५ सय तथा सेवन गर्नेलाई १ हजार रुपैयाँ जरिवाना गराउदै आएका छन् ।
गाउँ टोललाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ सक्रिय भएको आमा समूहले अहिलेसम्म करिब ६÷७ जनालाई कारवाही गरिसकेको सचिव सविना अधिकारीले बताउनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै