७३-बर्षको उमेरमा सगरमाथा चडी नयाँ किर्तिमान I

काठमाडौं, जेठ ६,

७३ वर्षीया जापानी महिलाले विश्वको सवोच्च चुचुरोमा पाइला टेकेर पाको उमेरमा सगरमाथाको शिखर पुग्ने आफ्नै कीर्तिमान सुधारेकी छिन्। उनले यसअघि सन् २००२ मा ६३ वर्षको उमेरमा सगरमाथाको उचाई नापेर त्यो उपलब्धि हासिल गरेकी थिइन्।

तामाए वातानाबेले चार अन्य साथीसहित सगरमाथाको उत्तरतर्फ तिब्बतबाट शनिबार शिखरमा पुगेकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जानकारी गराएका छन्।

वातानाबे र टोलीका अन्य सदस्यको शारीरिक अवस्था राम्रो भएको र उनीहरू आधार शिविर फर्कंदै गरेको छिरिङले बताएका छन्। नागरिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com