
घुमी-फेरी रुमजेटार भने झैं, कुरा यहि समाजको , सोचको , बुझाइको अनि निन्दनीय बानीको !
समय / सेन्चुरीको सुइकोले २१-ओं शताब्दीको नेटोमा कोल्टे फेरी सकेको यस अबस्थामा पनि सोचाइका पटेउराहरु भने जहीं का त्यहीं छन, ठाउँ यहि हो , बसन्त, शिशीर कैयौ ऋतुहरु आये गये फेरिय , फेरियाको छैन त बस हाम्रो साँगुरो सोच ! आखिर किन हामीले हाम्रो सोचलाई बदल्न सकेका छैनौ त ? सामान्य लाग्ने यस्ता गहन प्रश्न हरुले चिन्तनमा डुब्न बाध्या बनाउछन !
परिबर्तनका पाटो हरु के भालेले शीर पर्छिएय जस्तो छिन भर को हो र ? पक्कै होइन ! होइन भने समाजका सजक सर्व-श्रेष्ठ जन्तु हामी किन यत्ति निन्दित ब्यबहारमा लिप्त ? पुरुषलाई पित्तले धातु ठान्ने हाम्रो समाज ; सृष्टि सिर्जना गर्ने नारी लाई किन चाँदी ठान्न सक्दैन ! अह: यो आशा गर्नु बेकार छ किनकी यहाँ त दिन दिनै बोल्सिको आरोप मा महिला लाई जिउँदै जलाइन्छ, आँखा फोदिन्छ , खुलेआम बैजत गरिन्छ ! छोरी-२ जन्माएकोमा कोर्रा लगाइन्छ , बेरूप बनाइन्छ ! आखिर कहिले सम्म ? यस्ता बिडम्भाना पीडाको शीकार हुनु पर्ने नारी ?
जुन काम पुरुषले गर्दछ त्यो नारीले पनि गर्न सक्छे तर त्यसमा संकुचित सोचको तगारो लगाउँन हुन्न ! नारीहरुले पनि अवसर पाए पुरुषले जतिनै गर्न सक्छन यस्ता उदाहरण हरु थुप्रै छन ! नारीले चुला चौका देखि राष्ट्र चलाउने देखि चन्द्रमा पुग्न सफल छन, पक्कै पनि समानताको नारा ब्यबहारमा लागु भये समाज र देश बिकाश निर्माण मै ठुलो टेवा पुग्ने छ !
एक-पटक कल्पना गरौँ नारी बिनाको संसार कस्तो होला ? सदियौ देखि नारी लाई कम्जोर नै ठानिदै आएको यो जरा (rooted believe system) लाई यस कलि युग सम्म आइ पुग्दा पनि हाम्रा यी सुन्दर मस्तिष्क बाट उखालेर फाल्न सकिएको छैन, आज अशिक्षित भन्दा नि शिक्षित परिवार बाट नै नारी हरु बडी पीडत छन !
उनि (नारी) कम्जोर छैनन् तर हेर्ने दृष्टिकोण हेपाहा र कम्जोर छ ! समाजमा महिलाले जे गरे नि त्यसलाई कम्जोर दृष्टि ले हेरिन्छ र दुर्बलताको बचन व्यंग्या दी इ न्छ ! मानसिक रुपमा कन्जोर बनाइन्छ ! यदि उनलाई त्यस दुर्बल व्यंग्या को ठाउँमा शाहस पूर्ण हिम्मत दिए उनीहरुमा सफलताको उर्जा मिल्ने छ तर यहाँ यस्तो छ नै काहा र ?
भनाइ नै छ छोरी मान्छे भंयेर धेरै बोल्नु हुन्न, पोथी बासेको राम्रो होइन , तिमीहरुलाई चुला चौकामा कज्यउनु पर्छ ! यसैमा शुशोभित छौं ! जति नै नियाम कानुन का सनै बजे पनि लिखित बने पनि ती सुरक्षित छन् कुनै धुलो लागेका दराज भित्र ब्यबहार मा होइन ! नारी पुरुष बराबर एक-रथका दुई पांग्रा हुन् नारा बडो गजब को छ तर व्यवहारमा छ नै काहाँ त्यो ! हाम्रा हजुर आमा हरुको जिवान यसै पीडामा च्यापिएर अस्तायो हाम्रा आमा हरुको स्थिति पनि यस्तै-२ हल-चलमा गुज्रियो भन्दा फरक पर्दैन र हामी यस दोसाधको अग्राख मा समय समय मा पोलिन्दै छौं , मुर्छैन्दै छौं ! जब सम्म हाम्रो मानसिकताको म्याराथुन मा नारी पुरुषको दौड संगै देख्दैनौ तब सम्म यो संकुचित सोचाई हरु यसै गरि बार-२ आउने छन !
जहाँ नारी सम्मान हुन्न त्यो समाज असभ्य हुन्छ !
यहि नारीको हुन्छ पुजा यहीं नारीको दुर-दुर :
यहि नारी हो सृष्टि कर्ता इनै हुन् माता धर्ति :
इनै हुन् बगैचांको फूल इनै हुन् घरको शोभा :
किन हुन्छ इनै माथि निन्दनीय (दृष्टि)झोका:
ममताकी खानि, स्नेहिकी धनि हुन् इनै नारी :
सफलता मिल्छ नारी र पुरुष मिलेर अघि बढे :
सुनिता राइ (यसिन)
काठमाण्डौं, हाल इज़रायल: