गज़ल I



कस्तो आनौठो नाप नभाको जिन्दगी?/
गुण स्तरको छाप नभाको जिन्दगी //

पोल्दै पिटियो भाग्य आरनमा हाल्दै,
बन्यो धारिलो दाप नभाको जिन्दगी //

पुष माघको ठण्डी छेलियो सडकमै,
माया मम्ताको ताप नभाको जिन्दगी //

युद्ध मैदान रै'छ जीवन जित्दा नि,
पिठ्मा स्याबासी धाप नभाको जिन्दगी //

कर्मै रहेछ खोटो चिताको पुग्दैन,
दोषी पुर्पुरो फाप नभाको जिन्दगी//

कल्पना राई
दोलखा, नेपाल
हाल, दक्षिण कोरिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com