जेष्ठ ०६,
जगन कार्की :- वैज्ञानिकहरूले यस्तो कागजको विकाश गरेका छन् जसले मानिसको ब्लड ग्रुप अर्थात् रक्त समूह पत्ता लगाउन सक्छ। अस्ट्रेलियाको मोनास विश्वविद्यालयका शोधकर्ताहरूले त्यस्तो सेन्सरजडित कागजको आविष्कार गरेका हुन्। यो कागजले मानिसको रक्तसमूहको परीक्षण गरी त्यसको नतिजा समेत शब्दमा आफै लेख्ने गर्छ।
उक्त कागजी सेन्सर रगतको एबीओ रक्त समूहको वर्गीकरणमा आधारित छ। जस अनुसार, रगतलाई ए, बी, एबी र ओ वर्गमा बाँडिन्छ। साथै रगतलाई आरएच पोजेटिभ र नेगेटिभमा पनि छुट्ट्याउन सकिन्छ। यो शोधको नेतृत्व गर्ने प्राध्यापक वेइ शेन यस्तो कागजमार्फत रक्त परी212ण गर्ने विधि सस्तो र छिटो रहेको दाबी गर्छन्।
रसायन राखेर ब्लड ग्रुप पत्ता लगाउने प्रविधिबाट विभिन्न विकाशशील देशमा गलत नतिजा समेत निस्किएको र त्यस्तो विधि सर्वसाधारणका लागि गाह्रो समेत भएकाले पछिल्लो पद्धति निकै सजिलो र त्रुटीरहित हुने उनी बताउँछन्। रक्तसमूह पत्ता लगाउने यस्तो कागजी प्रविधि विकाशशील देशका लागि तथा आकस्मिक प्रयोजनका लागि निकै उपयोगी हुने शोधकर्ताहरू बताउँछन्।
यो यन्त्रमा कागजको सानो टुक्रामा सेन्सर जडान गरिएको हुन्छ। सेन्सरमा हाइड्रोफोबिक अर्थात पानी प्रतिरोधी कोटिङ लगाइएको हुन्छ। तर विभिन्न चार भागमा भने यस्तो लेपन गरिएको हुँदैन त्यसैले ती भागमा पानी सोसिन्छ।
उक्त कोटिङयुक्त सेन्सर भएको कागजमा कुनैपनि व्यक्तिको रगत राख्दा त्यसमा भएका एन्टीबडीसंग प्रतिक्रिया गरी जुन रक्त समूह हो सोही आकारको चित्र देखिन्छ। रासायनिक प्रतिक्रिया मार्फत जुन समूहको रगत हो सोही आकारको आकृति कागजमा लेखिने भएकाले जो कोही मानिसले पनि रगत समूह पत्ता लगाउन सक्छन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै