जगन कार्की :- काग निकै चलाख पंछी मानिन्छ। काग सन्देसबाहक पंछी पनि हो भनिन्छ। पछिल्लो अध्ययनले समेत कागको यही चतुरपनलाई पुष्टि गर्दै यो पंक्षिले मान्छेको बोली समेत बुझ्नसक्ने बताएको छ। अध्ययनकर्ताहरूका अनुसार, कागले मानिसले बोलेका विभिन्न कुराहरूका साथै अरु चराका चिरबिरेको अर्थ पनि बुझ्नसक्छ।
कागको यस्तो क्षमताकै कारण यो चरा घना मानववस्ती भएको सहरी छेत्रमा समेत मज्जाले फस्टाउन सकेको अध्ययनकर्ताहरूको निष्कर्षछ। मान्छे तथा अरु चराहरूको आवाज समेत बुझ्ने भएकाले कागले विभिन्न ठाउँमा रहेका आफ्नो खाना तथा विभिन्न खतराहरूको सजिलै पहिचान गर्नसक्ने बताइएको छ।
अध्ययनका क्रममा शोधकर्ताहरूले मानिसको बोली तथा विभिन्न चराहरूको आवाज रेकर्ड गरी कागलाई सुनाएका थिए र त्यस्तो अवस्थामा कागले गर्ने प्रतिक्रियाको अध्ययन गरेका थिए। अस्ट्रियाको भियना विश्वविद्यालयका शोधकर्ताहरूका अनुसार, कागले विभिन्न चराको आवाज बुझ्नसक्ने मात्र नभएर अरु चराजस्तै आवाज निकाल्ने तथा उनीहरूसँग मिलेर बस्न पनि सक्छ।
कागले मान्छेले बोलेको आवाजको अर्थ समेत बुझ्नसक्छ। मान्छेले हप्काएको हो कि मायाँ गरेर बोलाएको हो भन्ने कुरा कागले बुझ्ने र हप्काएको भए डराएर उड्ने गर्छ। तर यदि मानिसले मायाँ गरेर बोलाएको थाहा पायो भने सोही ठाउँमा अडेर केही खान पाउने आशा गर्दछ। स्रोत-पत्र-पत्रिका:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै