सबै क्षेत्रमा ३३% महिला सहभागिता गराउन ध्यानाआकर्षण I

काठमाडौ, वैशाख २३,

राष्ट्रिय महिला आयोगले अब बन्ने मन्त्रिपरिषदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता गराउन प्रधानमन्त्री बाबुराम भट्टराईलाई ध्यानाकर्षण गराएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गरी जनसंख्याको आधा हिस्सा ओगटेका महिलाको हक अधिकार सुनिश्चित गर्न मन्त्रिपरिषदमै उल्लेख्य महिला सहभागिताका लागि अनुरोध गरेको हो ।

०६३ जेठ १६ मा अन्तरिम व्यवस्थापिका संसदले सार्वजनिक महत्वको प्रस्ताव पारित गरी राज्यका सबै अंगमा कम्तीमा ३३ प्रतिशत महिला सहभागीता सुनिश्चित गरेको छ । '३३ प्रतिशत महिला सहभागिता गर्ने विभिन्न राजनीतिक दल र संसदसमेतको प्रतिबद्धतालाई मनन् गरी त्यसैअनुसार मन्त्रिपरिषदमा महिला नियुक्त गर्न आग्रह गर्दछौं,' आयोग प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । स्रोत-कान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com