पाल्पा, वैशाख २२,
बाख्रा चराउन गएका दुई बृद्ध महिलाको हत्या भएको छ। पाल्पा चिर्तुङधारा-८ का ७० बर्षीया कुमारी गाहा र ६५ बर्षीया भुनीकला गाहा शुक्रबार बिहान घर नजिकैको जंगलमा मृत भेटिएका प्रहरीले जनाएको छ। तानसेन सदरमुकाम देखि करिव ४ किलोमिटर टाढाको बराङ्दी गाविस-२ को जंगलमा जिउभरी चोट लागेको र टाउको फुटेको अवस्थामा काफलको बोटको फेँदमा शव भेटिएको हो।
बिहीबार बिहान करिव ११ बजे घरबाट बाख्रा लिएर जंगल हिडेका बृद्धाहरु बेलुका अबेरसम्म नफर्के पछि परिवारले खोजि गरेका थिए। शुक्रबार बिहान छिमेकी जुटेर खोज्दा उनीहरु मृत भेटिएका मृतक गाहाकी बुहारी झुपीसरा गाहाले बताइन्। घरबाट घटनास्थल आधा घण्टाको दुरीमा पर्छ। घटनास्थलबाट करिव एक किलोमिटर टाढासम्म घरहरु छैनन्।
प्रहरी नायव उपरिक्षक मीरा चौधरीका अनुसार गहना लुट्ने उद्देश्यले हत्या गरिएको शंका छ। मृतक बृद्धाहरुले कान र नाकमा सुनका गहना लगाएका थिए। मृतकका कान र नाकमा गहना छैनन्। प्रहरीले अनुसन्धान सुरु गरेको छ। 'अनुसन्धानका लागि पोखराबाट कुकुर सहितको टोलि आउँदैछ,' डिएसपी चौधरीले भनिन्, 'घटना रहस्यमय छ, हामी अनुसन्धानमा चुक्ने छैनौं।'
दुबैजना बृद्धा सधै संगै बाख्रा चराउन जाने गर्थे। बिहान खाना खाएर जाने र बेलुका ३ बजेसम्ममा घर फर्कने गर्थे। घटनाको दिन ३ बजे बाख्रा गोठ फर्के तर बृद्धाहरु फर्केनन्। घटनास्थलमा दुईवटा छाता, लौरो र चप्पल भेटिएको छ। ढुंगाले टाउकोमा हानेर र बृद्धाहरुसंगै भएको हँसिया प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको इन्स्पेक्टर पुरुषोत्तम पाण्डेले बताए। टेकनारायण भट्टराई,
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै