१५ सुन्दरीलाई पछि पार्दै - सृष्टि श्रेष्ठ मिस नेपाल २०१२ I (भिडियो)

काठमाडौं, वैशाख २५ ,

शेखर अधिकारि- १५ सुन्दरीहरुलाई उछिन्दै यस वर्षको मिस नेपालको ताज चितवनकी सृष्टि श्रेष्ठले जितेकी छिन् । बेलायतमा बसोबास गर्दै आएकी उनी उपाधि पाएपछि खुशीले रोइन् ।

द हिडेन ट्रेजरको आयोजनामा राजधानीमा पहिलोपटक खुला आकाशमुनि भएको प्रतियोगितामा आइतबार राति सृष्टिलाई सन् २०११ की मिस नेपाल मलिना जोशीले उपाधी पहिर्‍याइन् । सृष्टिले मिस वर्ल्ड प्रतियोगितामा भाग लिनेछिन् । उपाधि जितेपछि उनले आफूले नेपालीको सम्मान जितेको बताइन् । 'मैले नेपालीको सम्मान पाएँ,' उनले भनिन्, 'यसको उचित ठाउँमा प्रयोग गर्नेछु ।'

सृष्टिले मिस वर्ल्डमा आफ्नो प्रतिनिधित्वले ठूलो अर्थ राख्ने बताइन् । 'म नेपाली हुँ,' उनले भनिन्, 'मिस वर्ल्डमा त्यो नै मेरो प्रतिनिधित्व हुनेछ ।' २३ वर्षीया सृष्टि बेलायतमा रहँदा पनि मोडलिङमा थिइन् ।
यसैगरी मिस नेपाल अर्थको उपाधि नगमा श्रेष्ठले जितिन् भने मिस नेपाल इन्टरनेशनलको उपाधि शुभेच्छा खड्काले जितिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com